जनस्वास्थ्य सरोकार, काठमाडौ । सरकारले कोरोना भाइरस फैलिन नदिन सवैलाई होम क्वारेन्टाइनमा बसिदिन आग्रह गरेको छ । स्वाथ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी होम क्वारेन्टाइनका लागि गाइडलाइन बनाएको समेत जनाएको छ । जसमा कोरना संक्रमित राष्ट्रबाट आएको व्यक्तिलाई यत्रतत्र नघुम्न आग्रह गर्दै मन्त्रालयले होम क्वरेन्टाइनमा बस्न आग्रह गरेको हो ।
उनीहरुलाई कसरी होम क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाउने भन्ने प्रश्न चुनौतीपूर्ण रहेको भन्दै ती विषयमा मन्त्रालयले प्रस्ट गाइडलाइन बनाएको समेत जनाएको छ । त्यसका लागि सवै स्थानीय तहहरुले विदेशबाट आएकाहरुलाई अनिवार्य रुपमा आफ्नो क्षेत्रमा राख्ने र त्यसरी बसेका व्यक्तिहरुमा ज्वरो, खोकी रुघा अथवा कोरोनाको सिमटर्म देखिएको छ भने बेग्लै आइसोलेसनमा राख्नुपर्ने छ ।
यदि त्यस्तो सिमटर्म देखिँदादेखिँदै स्वास प्रस्वासमा समस्या छ र अरु सिमटर्मबाट माथिल्लो स्टेजमा पुगेको भए उसलाई तुरुन्तै परीक्षणका लागि स्वास्थ्य केन्द्र वा नजिकैको परीक्षण केनद्रमा पठाउन आग्रह गरेको छ ।
त्यसका लागि वडाप्रमुख वा स्थानीयतहप्रमुखले दैनिक भिजिट गर्नुपर्नेछ । । दैनिक ४ बजेभित्रमा रजिष्टर गर्नुपर्ने छ भने जसमा को व्यक्ति बाहिरबाट आएको छ र कोकोसँग घुलमिलगरेको छ, कतिजना त्यस्ता व्यक्ति छन् भनेर लिस्टिग गर्नुपर्ने छ। त्यसका जानकारी गृहमन्त्रालयमा गराउनुपर्ने पनि मन्त्रालयले जनाएको छ । त्यो रिपोर्ट अध्ययन पछि गृहको एचओसीले त्यस स्थानमा कति डाक्टर आवाश्यक पर्छ र के गर्नुपर्छ भनेर विश्लेषण गर्ने स्वास्थ्य मन्त्रालयको सचिव यादव प्रसाद कोइरालाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
जो व्यक्तिहरु बाहिरबाट आएका छन् उनीहरुमा ज्वरो आउने वित्तिकै कोरोना नै हो भनेर नअत्तालिन पनि मन्त्रालयले सुझाव दिएको छ । यदि त्यस्ता व्यक्ति ४ दिनसम्म आइसोलेसनमा बस्ने र त्यसपछि ज्वरो नघटे नजिकको स्वास्थ्य चौकीमा गएर सल्लाह लिन सुझाव मन्त्रालयले दिएको छ ।
ज्वरो रुघाखोकी र लागेको मानिसलाई डाक्टरहरुले नजााचेको भन्ने धेरै गुनासो आएको भन्दै मन्त्रालयले पीपीई गाइडलाइन बनाएको र त्यो आजैबाट कार्यान्वयनमा जाने जनाएको छ । मन्त्रालयले साधारण रुघा र खोकी लागेको छ भने मास्क लगाउने, हातमा ग्लोव लगाउने तथा आँखामा चस्मा र क्याप लगाउन सुझाव पनि दिएको छ ।
त्यति गर्दागर्दै पनि कोरोना संक्रमणको आशंका भए उसलाई छुट्टै अस्पतालमा बसेर उपचार गर्ने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले देशभर हव अस्पताल भनेर २५ वटा तोकिएको पनि जनाएको छ । ति हव अस्पतालमा फिवर क्लिनिक सञ्चालन गर्न १० लाखका दरले बजेट उपलव्ध गराएको पनि जनाएको छ । त्यो हव अस्पतालबाट जाँचेर कोरोना हो भनेर शंकास्पद भएपछि मात्रै स्वाव लगायत अरु परीक्षण गरेर आइसोलेसनमा लगेर उपचार गरिने कोइरालाले बताए ।
मन्त्रालयले बिहीबार सम्म ७०० भन्दा बढीको परीक्षण गरेको र त्यसमा तीनवटा बाहेक अरुमा नेगेटिभ परिणाम आएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
