नेभिगेशन

स्पेनमा एकैदिन ६ हजार ६ सय संक्रमित, ४४२ को मृत्यु [कोरोना अपडेट]

जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभीड—१९) बाट संक्रमित हुनेको संख्या ४९२,२५० पुगेको छ । यसमध्ये २२,१८० जनाले ज्यान गुमाइसकेका छन् भने निको भएर घर फर्कनेहरुको संख्या ११९,७३२ पुगेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १९८ देशमा फैलिसकेको छ । हाम्रो देश नेपालमा पनि बाहिरबाट संक्रमित भएर आएका तीन जनामा कोरोनोको संक्रमण देखिएको छ । कोराना संक्रमण पहिचान भएका पहिलो व्यक्ति निको भएर घर फर्किसकेका छन् । अन्य २ जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डओ मिटर्स डट इन्फोले हामीले यो रिपोर्ट तयार पार्दासम्म अपडेट गरेको तथ्यांकले ४९२,२५० कोरोना संक्रमितमध्ये २२,१८० को ज्यान गएको र ११९,७३२ निको भएर घर फर्किएको देखाएको छ । संक्रमितमध्ये ३३२,५६९ को अवस्था मध्यस्तरकोको छ भने १७,७६९ को सिकिस्त अवस्थामा उपचार भइरहेको छ । यो रिपोर्ट तयार पार्दासम्म २६ मार्च २०२० को बेलुका ९.०० बजेसम्म २४ घण्टाभित्र ९०२ जनाको ज्यान गएको छ भने २१, २८९ नयाँ संक्रमित भएका छन् । कोरोना संक्रमणबाट सबैभन्दा धेरै ज्यान गुमाउनेहरु इटलीका नागरिक रहेका छन् । इटलीमा ७,५०३ ले ज्यान गुमाएका छन् । यहाँ ७४,३८६ जनामा कोरोना संक्रमण भएको थियो । तर विगत २४ घण्टामा यहाँ एकजनाको पनि ज्यान गएको छैन र नयाँ संक्रमित पनि भेटिएका छैनन् । यहाँ संक्रमित भएकामध्ये ९,३६२ निको भएर घर फर्किएका छन् ।
कोरोनाले ज्यान गुमाउनेमा इटलीपछि दोस्रोमा स्पेन भएको छ । स्पेनमा संक्रमित भएका ५६,१८८ मध्ये समग्रमा ४,०८९ ले ज्यान गुमाएका छन् । विगत २४ घण्टामा यहाँ ४४२ ले ज्यान गुमाएका छन् भने ६,६७३ नयाँ संक्रमित भएका छन् । संक्रमितमध्ये ७,०१५ व्यक्ति निको भएर घर फर्किएका छन् ।
शुरुमा कोरोना देखिएको चीनमा अहिले ज्यान गुमाउनेहरुको संख्या न्युन छ भने नयाँ संक्रमित पनि कम छन् । चीनमा ८१,२८५संक्रमितमध्ये ७४,०५१ निको भएर घर फर्किसकेका छन् । यहाँ ३,२८७ को ज्यान गएको छ । आज ६७ जना नयाँ संक्रमित भएका छन् भने ६ जनाको ज्यान गएको छ । यसैगरी कोरोना संक्रमित भएर ज्यान गुमाउने मुलुकमा चौथो स्थानमा इरान रहेको छ । इरानमा २९,४०६ संक्रमित भएकामध्ये २,२३४ को ज्यान गएको छ । १०,४५७ निको भएर घर फर्किएको इरानमा २४ घण्टामा २,३८९ नयाँ संक्रमित भएका छन् भने १५७ को ज्यान गएको छ । यसैगरी कोरोना संक्रमणबाट १,०३७ जनाको ज्यान गुमाउने राष्ट्र अमेरिकामा ६८,८१४ जनामा संक्रमण देखिएको छ । यहाँ ४२८ मात्र निको भएका छन् । संक्रमण भएकामध्ये निको हुने संख्या न्युन छ । २४ घण्टामा अमेरिकामा ६०३ जना नयाँ संक्रमित भएका छन् भने १० जनाको ज्यान गएको छ । यसैगरी नेदरल्याण्ड्समा ७,४३१ मध्ये ४३४ को ज्यान गएको छ भने ३ जनामात्र निको भएर घर फर्किएका छन् । यहाँ एकैदिन १,०१९ नयाँ संक्रमित भएका छन् भने ७८ जनाको ज्यान गएको छ ।
यसैगरी जर्मनीमा ४०,४२१ संक्रमित भएकोमा अहिलेसम्म ३,९५९ निको भएर घर फर्किएका छन् । तर एकैदिन ३,०९८ जना नयाँ संक्रमित देखिएका छन् । यहाँ २२९ जनाको ज्यान गएको छ ।
यसैगरी फ्रान्समा २५,२३३ संक्रमितमध्ये १,३३१ को ज्यान गएको छ भने ३,९०० निको भएर घर फर्किका छन् । बेल्जियममा ६,२३५ संक्रमितमध्ये २२० को ज्यान गएको छ भने ६७५ निको भएर घर फर्किएका छन् । यहाँ एकैदिन १,२९८ जनलाई संक्रमण भएको छ भने ४२ जनाको ज्यान गएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट