जनस्वास्थ्य सरोकार, काठमाडौं । मुटुको धड्कन बढेर गएराति मनमोहन अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य भएको चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आजै डिस्चार्ज हुने जानकारी गराएका छन् ।
प्रधानमन्त्रीका निजि चिकित्सक डा. दिव्यासिंह शाहको भनाई उदृत गर्दै थापाले सामाजिक सञ्जालमार्फत् अवस्था सामान्य भइसकेकाले आर्ज डिस्चार्ज गरिने जानकारी दिएका हुन् । थापाले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले हिजो राती मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको छ । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले बताउनुभएको छ ।’
गएराति अचानक अस्प्ताल को स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । दोस्रो पटक २१ फागुनमा मृगौला प्रत्यारोपणपछि तंग्रिदै गरेका प्रधानमन्त्री ओलीलाई शरीरमा केही पीडा भएपछि अस्पताल लगिएको थियो । ओली पछिल्लो समय सक्रिय हुन थालेका थिए । उनलाई चिकित्सकले कम्तिमा केही महिना आराम गर्न सल्लाह दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
