जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले (कोभिड—१९) कोरोना भाइरसका शंकास्पद बिरामीका लागि बिशेष ब्यवस्था सहितको उपचार ब्यवस्था गरेको छ ।
महामारीका कारण उत्पन्न विषम अवस्थामा कोभिड (१९ भाइरस संक्रमित कोरोना भाइरसका शंकास्पद बिरामीका लागि आइसोलेशन वार्ड तत्काल ब्यवस्था गर्नु केहि चूनौतीपूर्ण भएको अस्पतालले जनाएको छ । हालको प्रतिकुल परिस्थिति र लकडाउनको अवस्थामा अस्पतालले पिपिई तथा आवश्यक उपकरण औषधि र उपलव्ध जनशक्तिका लागि विशेष ओरियन्टेसन समेत तत्काल गर्नुपर्ने चूनौतीका कारण केहि ढिलाई हुन गएको समेत अस्पतालद्वारा प्रेशित विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौं जिल्ला प्रशासनका प्रतिनिधिले ॐ अस्पतालमा उपलब्ध सेवा सुविधा र जनशक्ति सहित कोभिड—१९ का शंकास्पद बिरामीकालागि गरिएको ब्यवस्थाबारे जानकारी लिनुभएको समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
अस्पतालका बिशिष्ठ अधिकारीहरुको आकस्मिक बैठकले तत्काल राज्यको निर्देशन अनुसारको व्यवस्था गर्ने निर्णय लिएको र जस अन्तर्गत शंकास्पद कोरोनाका बिरामीहरुकालागि विश्व स्वास्थ्य संगठनले तोकेको विशेष प्रोटोकल अनुसार व्यवस्था गरिएको समेत जनाइएको छ ।
सो व्यवस्था अन्तर्गत अलग्गै ३ वेडको इमर्जेन्सी स्क्रिनिङ रुम, विशेष फिवर क्लिनिकको व्यवस्था गरिएको र ८ बेडको सुबिधा सम्पन्न आइसोलेशन वार्ड स्थापना गरिएको अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा उल्लेख छ । आइसोलेशन वार्डमा आवश्यक दक्ष तथा अनुभवी स्वास्थ्यकर्मीहरुलाई आवश्यक ओरियन्टेशन सहित तयार अवस्थामा राखिएको र उपचारमा संलग्न स्वास्थ्यकर्कीहरुलाई आवश्यक पर्सनल प्रेटेक्सन इक्युपमेन्ट (पिपिई) समेत बजारमा उपलब्ध नभएको अवस्थामा अस्पताल आफैंले स्थानीय बजारमा उपलब्ध साधन श्रोतबाट निर्माण गरी सो को समेत व्यवस्था मिलाईएको समेत उल्लेख छ ।यस्तो बिषम घडिमा निजि अस्पतालले हर सम्भव हिसावले राज्य र नागरिकलाई सहयोग गर्ने हो । यसमा सदा झैं ॐ अस्पताल देशको निजि क्षेत्रको अग्रणि स्वास्थ्य सेवा प्रदायकका रुपमा हरदम तयार रहेको प्रबन्ध संचालक बाबुकाजी कार्कीले बताउनु भएको छ । ॐ अस्पताल हर तरहले नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न तयार रहेको जानकारी गराउन चाहन्छौं । बिभिन्न सञ्चारका माध्यममा ज्वरो आएका बिरामीलाई निजि अस्पतालले उपचार नगरि रेफर गर्ने गरेको समाचारको हकमा, ॐ अस्पतालमा आएका ज्वरोका बिरामीलाई नियमसंगत तरिकाले भर्ना गरी उपचार गरेको अस्पतालको दाबी छ । गत साता काठमाडौंका एक शंकास्पद कोरोना संक्रमित बिरामीको आइसोलेशनमा राखी उपचार गरेर उहाँको थ्रोटस्वाव परिक्षणका लागि टेकु पठाइएको र स्याम्पल नेगेटिभ आएपछि हिजैमात्र डिस्चार्ज भई घर फर्कनु भएको समेत जानकारी गराइएको छ ।
आकस्मिक उपचारमा डिएम गर्नुभएका र सघन उपचारमा डिएम गर्नुभएका बिशेषहरुले नेतृत्व गर्नुभएको देशको अत्याधुनिक सेवा सुबिधा सहितको आकस्मिक उपचार कक्ष र सुबिधासम्पन्न आइसियू समेत रहेकाले संक्रमित बिरामीको उपचार ॐ अस्पतालका लागि त्यति चूनौतीपूर्ण नभएको अस्पतालको दाबी छ । साथमा अस्पतालमा संचालित इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल प्रोग्रामले यसलाई थप सबलिकरण गरेको र इन्फेक्सन कन्ट्रोल नर्सहरुले यसको बिशेष नियमन र निगरानी गरिरहेको अस्पतालले जनाएको छ ।अस्पतालमा आफैले स्थानीय श्रोत साधनबाट ५० वटा पिपिई सेट तयार पार्न सफल भएको र पिपिई निर्माण निरन्तर रहेको समेत अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
