जनस्वास्थ्य सरोकार , नेपालगञ्ज। विदेशवाट आएका बाँकेका तीनजनालाई नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षिया युवतीमा कोरोनाको संक्रमण देखिएपछि सोही विमानमा आएका बाँकेका तिनजना ब्यक्तिलाई पहिचान गरेर बुधबार क्वारेन्टाइनमा राखिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाँकेका चारजना रहेको जानकारी प्राप्त भएपनि तीनजनालाई पहिचान गरेर महेन्द्र बहुमुखी क्याम्पस भित्र रहेको क्वारेन्टाईनमा राखिएको छ । उनीहरु जिल्लाको प्रीपहवा, साईगाउ र बनकटवाका भएको बताइएको छ । अर्का एक जना भने बाँकेका नभई बर्दियाको भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
कोरोना संक्रमित किशोरी रहेको जहाजमा रहेका सबैलाई क्वारेन्टाइनमा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार उनीहरुलाई क्वारेन्टाईनमा राखिएको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
