जनस्वास्थ्य सरोकार, जनकपुरधाम। विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम गर्न सरकारले अहिले ‘लकडाउन’ गरेको छ । शंकास्पद बिरामीको जाँच तीव्र बनाई रोग निदान गर्ने भनिएको छ।
तर, प्रदेश २ को जनकपुरस्थित प्रादेशिक अस्पतालले भने कोरोना संक्रमणका शंकास्पद बिरामीको जाँच गर्ने हालसम्म कुनै तयारी गर्न सकेको छैन ।
प्रदेश सरकारले स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा उपकरण उपलब्ध गराउन नसकेपछि प्रादेशिक अस्पतालमा शंकास्पद बिरामीको जाँच हुन नसकेको हो । कतिपय शंकास्पद बिरामीहरुलाई जाँचै नगरी सोझै काठमाडौं पठाउने गरेको पाइएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्यानिटाइजर, पञ्जा, मास्क, गाउनलगायतका सामान्य सामग्रीसमेत उपलब्ध हुन नसकेको कार्यरत नर्सहरु बताउँछन् ।
अस्पतालमा कार्यरत नर्सहरुले आफूहरु स्वयं सुरक्षित नरहेकोले बिरामी नजिक जान कठिनाइ भएको बताएका छन् । अस्पतालले आफूहरुलाई पञ्जा, स्यानिटाइजर, गाउनलगायत सामान्य सामग्रीसमेत उपलब्ध नगराएको उनीहरुको भनाइ छ।
सुरक्षाका आवश्यक सामग्रीहरु अस्पतालले उपलब्ध नगराएसम्म आफूहरु काम नगर्ने उनीहरुको भनाइ छ । ‘अहिले विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिएको छ, हामीलाई पीपीई त परै जाओस्, पञ्जा, गाउनसमेत उपलब्ध छैन, कसरी बिरामी नजिक जाने ?,’ अस्पतालमा कार्यरत नर्स भन्छन्।
कोरोना संक्रमणको हल्ला चलेदेखि आफूहरुले सुरक्षा सामग्री उपलब्ध गराउन भने पनि अस्पताल व्यवस्थापनदेखि प्रदेश सरकार र स्थानीय सरकारले कुनै चासो नदिएको नर्स विभा कर्णले बताइन् ।
‘कोरोना संक्रमण रोकथाम गर्न प्रदेश सरकारले चासो लिनुपर्ने हो तर त्यसतर्फ सरकारले ध्यान दिएको छैन । अहिलेसम्म हामी जोखिम मोलेर काम गरिरहेका छौं । तर, अब सम्भव देखिन्न । हाम्रो आफ्नै सुरक्षाको कुनै ग्यारेन्टी भएन, कसरी काम गर्नु ? कर्णले बताइन् ।
कर्णले थपिन्, ‘डाक्टरहरु राउण्डमा आउन छोडिसके। आए पनि दूरी बनाएर बस्न भन्नुहुन्छ। बिरामीसँग दूरी बनाएर बस्ने हो भने मेडिकेसन कसरी गर्ने ? बिरामीको हेरचाह गर्न हामी पनि सुरक्षित हुनुपर्यो नि।’
कोरोना संक्रमण रोकथाम गर्न प्रदेश सरकारले गम्भीरताका साथ पहल गर्न नसकेको भन्दै व्यापक आलोचना भइरहेको छ । प्रदेश सरकारले प्रत्येक गाविसलाई ५०–५० लाख रुपैयाँ पठाएको छ ।
तर, अहिलेको अवस्थामा रुपैयाँभन्दा कोरोनाको शंकास्पद बिरामीलाई चेकजाँच गर्न आवश्यक उपकरण, क्वारेन्टाइन, आइसोलेसन बेड, भेन्टिलेटर, ल्याबलगायतको जरुरी रहेकोले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
