जनस्वास्थ्य सरोकार । विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोनाभाइरस संक्रमितको संख्या अफगानिस्तानमा शुक्रबारसम्म ९१ पुगेको छ ।
थप ११ जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि कोभिड–१९ संक्रमित व्यक्ति ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले शुक्रबार बताएका छन् ।
अफगानिसतानको हेरात प्रान्तमा आठजना, छिमेकमा रहेको निम्रोज प्रान्तमा दुईजना र पूर्वी नान्गार्हार प्रान्तमा एकजनामा थप संक्रमण देखिएको हो ।
अफगानिस्तानमा गत फेब्रुअरीबाट कोरोनाभाइरसको संक्रमण देखिएको र सो समयदेखि हालसम्म ९७६ जनालाई कोरोनाभाइरस (कोभिड–१९) को परीक्षण गरिएको छ । परीक्षणको क्रममा ९१ जनामा कोरोनाभाइरस संक्रमण देखा परेको मयारले बताएका छन् ।
अफगानिसतानमा कोरोनाभाइरस संक्रमणको कारण तीन व्यक्तिको मृत्यु भएको छ भने अन्य तीन उपचारपछि घर फर्किएका छन् । रासस/सिन्ह्वा
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
