जनस्वास्थ्य सरोकार, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । आज एकैदिन केरला, गुजरात, महराष्ट्र र तेलंगानामा ४ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या २६ पुगेको हो । त्यस्तै संक्रमति हुनेहरुको संख्या ९०० पुगेको दैनिक भाष्करले जनाएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण सबैभन्दा बढी मुम्बईमा ६ जनाको मृत्यु भएको जनाइएको छ ।
६ जनामध्ये एक जना चिकित्सकको समेत मृत्यु भएको छ । ८५ वर्षीय शल्यचिकित्सकको मृत्यु भएपछि अस्पतालनै शिल गरिएको जनाइएको छ । शनिबार गुजरात ४६ वर्षीय महिलाको मृत्यु भएको छ । त्यस्तै शनिबार तेलंगानामा संक्रमणबाट पहिलो मृत्यु भएको छ भने गुजरातमा मर्नेको संख्या ४ पुगेको छ । एजेन्सी
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
