जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनको ग्वान्झाउबाट कोरोनाभाइरसविरुद्ध प्रयोग हुने अत्यावाश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु नेपाल आइपुगेको छ । स्वास्थ्य समाग्री लिन काठमाडौबाट शनिबार दिउँसो ग्वान्झउ उडेको नेपाल बायु सेवा निगमको जहाज स्वास्थ्य सामाग्री लिएर आइतबार बिहान फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । कोरोना संक्रमितको उपचार तथा चिकित्सकका लागि आवश्यक पर्ने सुरक्षा सामग्री लिन निगमको वाइडबडी त्यसतर्फ गएको थियो ।
प्रवक्ता देवकोटाका अनुसार ति सामग्रीहरु प्याकिग गरेर आजबाटै विभिन्न प्रदेश तथा अस्पतालहरुलाई उपलव्ध गराइनेछ । चीनबाट स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई), कोरोना चेक गर्ने किट, ल्याव मेसिनलगायत अत्यावश्यक सामग्री पहिलो पटक ल्याइएको हो । सरकारले कोरोना भाइरस परीक्षण तथा उपचार प्रकृया शुक्रबारबाट धरानमा सुरु गरेको छ भने लगत्तै नेपालगञ्ज र पोखरामा पनि ल्याब राख्ने तयारी गरिरहेको छ । त्यसपछि धनगढी, दाङ र हेटौडामा समेत ल्याव राख्ने र उपचार प्रकृया थाल्ने योजना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । त्रिभुवन विमानस्थलका अनुसार १२.६६ टन सामग्री बोकेर विमान बिहान ५ बजेर ३१ मिनेटमा नेपाल आइपुगेको हो ।
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
