जनस्वास्थ्य सरोकार, काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठनले चुरोट, बिँडी खाने (धूम्रपान गर्ने) हरु कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेका बताएको छ ।
चुरोट, बिँडी खानेहरुलाई पहिले नै फोक्सोको रोग हुने जा फोक्सोको क्षमता कमजोर हुन सक्ने भएकोले गम्भीर बिरामीको जोखिम बढाउने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
चुरोट, बिँडीका कारण शरीरमा अक्सिजनको मात्रा कम हुने वा शरीरको क्षमता बढाउने शक्ति कम हुने हुँदा त्यस्ता व्यक्तिलाई निमोनिया जस्ता फोक्सोको गम्भीर समस्याको जोखिम हुने जनाइएको छ ।
यसको साथै चुरोट, बिँडी खानेहरुले कोरोना भाइरस प्रसारणलाई बढाउने जोखिम पनि धेरै रहेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । चुरोड, बिँडी समात्ने औँला तथा चुरोट बिँडी ओठको सम्पर्कमा रहने भएकोले हातबाट भाइरस सर्ने जोखिम उच्च रहेको हो ।
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
