जनस्वास्थ्य सरोकार । कोरोनाभाइरस संक्रमणबाट कतारमा पनि एक जनाको मृत्यु भएको छ। मृत्यु हुने ५७ वर्षीय बंगलादेशी नागरिक भएको त्यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।
उनको शनिबार मृत्यु भएको हो। उनलाई १३ दिनअघि (मार्च १६) मा संक्रमण देखिएको थियो। उनी दीर्घरोगी भएको बताइएको छ।
कतारमा झन्डै ६०० जनालाई संक्रमण भएको पुष्टि भइसकेको छ। तीमध्ये ४५ जना निको भएर घर फर्किएका छन्।
कतारमा संक्रमित प्रायः विदेशी कामदार छन्। कोरोनाभाइरस संक्रमित नयाँ २८ बिरामी भेटिएपछि १४ चैत शुक्रबारबाट त्यहाँका औधोगिक क्षेत्र बन्द गरिएको छ। सबै कामदारलाई क्वारेन्टाइनमा राखिएको छ।
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
