संयुक्त राज्य अमेरिकामा कोभिड-१९ महामारीबाट मृत्यु हुने मानिसको सङ्ख्या दुई दिनमा दुईगुना भएर २,००० नाघेको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म त्यहाँ १,२०,००० भन्दा बढी मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ।
किन क्वारन्टीन गरिएन?
यसअघि राष्ट्रपति ट्रम्पलले कोभिड-१९ को विस्तार रोक्न न्यूयोर्क तथा न्यूजर्जी र कनेक्टिकट राज्यका केही भागमा क्वारन्टीन गर्न सकिने बताएका थिए। तर पछि उनले त्यसो गरेनन्। ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको सिफारिसमा उक्त निर्णय लिइएको उनले बताए। अमेरिकामा न्यूयोर्क महामारीबाट अतिप्रभावित राज्य हो। त्यहाँ मात्रै ५२,००० भन्दा बढी मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ। ट्रम्पले ट्विटरबाट सेन्टर्ज फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) ले बलियो "ट्र्याभल एड्भाईजरी" जारी गरिने घोषणा गरेपछि सीडीसीले ती तीन राज्यका सर्वसाधारणलाई १४ दिन अनावश्यक यात्रा नगर्न आग्रह गर्दै एउटा विज्ञप्ति प्रकाशित गर्यो। तर उक्त व्यवस्था स्वास्थ्यकर्मी र खाद्यसामग्री उपलब्ध गराउने व्यक्तिसहित गम्भीर प्रकृतिको सेवा प्रदान गर्नेहरूलाई लागु हुनेछैन। के छ विश्वभरिको स्थिति? अहिलेसम्म विश्वभरि ६,४०,००० भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ। तीमध्ये झन्डै ३०,००० जनाको मृत्यु भइसकेको छ। अहिले कोरोनाभाइरस सङ्क्रमणबाट युरोप र अमेरिका अतिप्रभावित भएको देखिन्छ। विश्वभरिका सबै देशमध्ये अमेरिकामा सर्वाधिक व्यक्ति सङ्क्रमित भएका छन्। धेरै मानिस मृत्यु भएका देशमा इटली, स्पेन, चीन, इरान, फ्रान्स र अमेरिका छन्। दक्षिण एशियामा पाकिस्तान र भारत धेरै प्रभावित भएका छन्। पाकिस्तानमा १,४०० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको छ भने ११ जनाको मृत्यु भइसकेको छ। भारतमा ७०० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको छ र १७ जनाको मृत्यु भएको छ। बिबिसी
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
