खुल्ला सिमाना कारण मुख्य नाकासँगै अन्य विभिन्न चोर बाटो भएर सर्वसाधारण नेपाल भित्रिरहे पनि भित्रिने अधिकांश क्वारेन्टाइनमा नबसी सीधै परिवार तथा आफन्तजनको सम्पर्कमा पुग्ने गरेको सीमाक्षेत्रका बासिन्दाको भनाइ छ ।
बरियारपट्टीका मुकेश यादवले भन्नुभयो,‘‘ सरकारले एकातिर सीमा नाका बन्द गरेको छ भने अर्कातर्फ भारतीय बजार जाने र आउने क्रम रोकिएको छैन, अझै सर्वसाधारणको आवतजावत भईरहेका कारण जोखिम बढेको छ ।” नजीकै भारतको बिहारमा पनि कोरोना संक्रमणबाट व्यक्तिको मृत्यु भएको र आवतजावत भइरहेकाले यस क्षेत्रमा त्रास बढ्ेको उहाँको भनाइ छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईँले भारतबाट घर फर्किएका नेपालीलाई सीमानाकामा स्वास्थ्य जाँच गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा नाकामा हुने आवतवातमा कडाइ गरेका छौँ, हामीले आवतजावत गर्न दिएका छैनौँ, अब लुकीछिपी चोर बाटो भएर आइरहेका छन् भने त्यसलाई पनि रोक्ने प्रयास गर्छौँ ।” विश्व समुदाय नै कोरोनाको महामारीसँग जुधिरहेकाले सबैले सचेतता अपनाउनुपर्ने उहाँको भनाइ छ ।रासस
जनस्वास्थ्य सरोकार, लहान । भारतलगायत अन्य देशबाट फर्किएकाहरु अझै क्वारेन्टाइनमा नपुग्दा र भारतीय सीमा नाका पूर्ण रुपमा बन्द नहुँदा सिरहामा कोभिड १९ संक्रमण फैलिने जोखिम बढ्को छ । कोरोनाको संक्रमण छिमेकी म भारतमा समेत तीव्र रुपमा फैलिरहेको र सीमा क्षेत्रमा आवतजावत पूर्ण रुपमा बन्द नहुँदा जोखिम बढ्को स्थानीयवासी बताउँछन् ।
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
