जनस्वास्थ्य सरोकार , काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस रोकथामका लागि सहयोग गर्न चीनका राष्ट्रपति सी चिनफिङलाई आग्रह गरेका छन् ।
नेकपाको तर्फबाट बिहीबार चिनियाँ राष्ट्रपति सीलाई एक विशेष पत्र लेख्दै अध्यक्ष प्रचण्डले कोरोना भाइरसको महामारीसँग जुध्न आवश्यक सहयोगका लागि अपिल गरेका हुन् ।
अध्यक्ष प्रचण्डले महामारीविरुद्ध जुध्न अत्यावश्यक मेडिकल इक्युपमेन्टलगायत अन्य सामग्रीको जरुरत रहेको बताउँदै चाँडोभन्दा चाँडो आवश्यक सामग्री पठाइदिन अनुरोध गरेको प्रचण्डका निजी सचिवसमेत रहेकी छोरी गंगा दाहालले बताइन् ।
यो स्थितिमा चीनले नेपाललाई गर्ने सहयोगप्रति नेपाली जनता आभारी हुने बताउँदै अध्यक्ष प्रचण्डले कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भएर जनजीवन सामान्य हुँदै गएकोमा बधाईसमेत दिएका छन् ।
कोरोना भाइरस चीनको वुहान सहरबाट सुरु भएको मानिएको छ । पछि यसलाई विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको थियो । चीनले आइतबार मात्रै कोरोना भाइरसको संक्रमण रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री, मास्कलगायतका सामान नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
