कोरोनाभाइरस सङ्क्रमण भएका गम्भीर बिरामीलाई सघन उपचार कक्षमा लैजानु पर्ने अवस्थाको अन्त्य गर्न सक्ने सास फेर्न सघाउने केही उपकरण एक हप्ताभन्दा कम समयमा बनाइएको छ।
द्रुत प्रतिक्रिया
युनिभर्सिटी कलेज लण्डनको हेल्थकेयर इन्जिनियरिङकी प्राध्यापक रेबेका शिप्लेले बीबीसीसँग भनिन्: "चिकित्सा उपकरण निर्माण गर्न सामान्य अवस्थामा वर्षौँ लाग्छ तर यसपटक हामीले केही दिनमै बनाउने उपाय निकालेका छौँ। अहिले नै चलनचल्तीमा रहेको उपकरणलाई फेरि चलाएर छिटो र धेरै उत्पादन गर्न सक्ने भएका छौँ।" त्यसक्रममा बिरामीले प्रयोग नगरेको सीपीएपी उपकरणको नक्कल गरेर त्यसको प्रारूप र ढाँचामा सुधार गरेर धेरै मानिसले प्रयोग गर्ने गरि उत्पादन गर्न लागिएको बताइएको छ। इटलीको लोम्बार्दी क्षेत्रमा सीपीएपी उपकरण लगाइएका कोरोनाभाइरस सङ्क्रमित बिरामीहरू मध्ये ५० प्रतिशतलाई शरीरमा यान्त्रिक भेन्टिलेशन दिने भेन्टिलेटरको आवश्यकता नपरेका विवरण प्राप्त भएका छन्। युनिभर्सिटी कलेज लन्डन अस्पतालकी सघन उपचार परामर्शदाता प्राध्यापक मेर्भिन सिङ्गर भन्छिन्: "यी उपकरणले सामान्य अक्सिजन मास्क र बिरामीलाई लठ्याएर दिइने यान्त्रिक भेन्टिलेशनको बीचमा रहेर काम गर्छन्। "यी उपकरणले भेन्टिलेटर भन्ने उपकरण अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्ने वातावरण बनाउन सहयोग गर्छन्।"सीपीएपीले कसरी काम गर्छ?

सीपीएपी प्रयोग
इटलीको लोम्बार्दीमा २,००० भन्दा बढी कोभिड-१९का बिरामीहरूले अहिले सीपीएपी प्रयोग गरिरहेका छन्। मर्सिडिजका एक अधिकारी एयान्डी कोवेलले भने, "फर्मूला वानले अहिले सहयोगी हात बढाएको छ। हामी स्रोत साधन प्रयोग गरेर उच्च कोटीका सीपीएपी उपकरण छोटो समयमा उत्पादन गर्न लागिरहेका छौँ।" त्यो उपकरणको लागि आवश्यक अक्सिजन अनुगमन गर्ने मोनिटरको उत्पादनको लागि अर्को सानो उद्योग अक्स्फोर्ड ओप्ट्रोनिक्सले सहकार्य गरिरहेको छ। बिबिसी
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
