जनस्वास्थ्य सरोकार । इटालीले कोरोना भाइरस(कोभिड–१९) विरुद्धका पाँच खोप परीक्षण गर्ने भएको छ। इटालीको राजधानी रोम सहर नजिक रहेको क्यास्टेल रोमानोको बायोटेक कम्पनी टाकिसले ले कोभिड–१९ भ्याक्सिनको प्रि–क्लिनिकल मोडलहरूमा परीक्षण गर्न भएको हो।
खोपलाई मानव प्रयोगमा ल्याउने पहिलो चरणको काम पनि सुरु भैसकेको र स्वास्थ्य मन्त्रालयबाट पनि अनुमति दिइसकेको बायोटेक कम्पनीले जनाएको छ।
सबैभन्दा पहिले खोपको परीक्षण जनावरहरुमा गरिने भएको छ । टाकिसका अनुसन्धानकर्ताहरू इटाली र युरोपमा कोरोना खोप परीक्षण गर्ने पहिलो व्यक्तिहरू भएको इटालियन संचार माध्यमहरुले जनाएका छन।
परिक्षणपछि खोपको परिणाम सन्तोषजनक भएमा भ्याक्सिन मे महिनाको अन्तिमतिर मानवमा परीक्षण गरिने पनि कम्पनीले जनाएको छ।
कोरोनाबाट एकै दिन तीन हजार ७१५ जनाको गयो ज्यान
इटालीमा संक्रमितको संख्या एक लाख नाघेको छ । त्यहाँ अहिलेसम्म एक लाख एक हजार ७३९ जना संक्रमित भएका छन् । नयाँ सङ्क्रमितको संख्या २४ घन्टामा ४०५० छ जुन मार्च १७ पछि सबैभन्दा कम हो। आज(मंगलबार)सम्म मृत्यु हुने को संख्या ११,५९१ पुगेको छ जुन २४ घन्टा मा ८१२ जना हो भने निको हुने को संख्या १४६२० छ। इटालीमा आजसम्म ६३ जना स्वास्थ्यकर्मीको मृत्यु भैसकेको छ। नागरिक संरक्षण एजेन्सीले दिएको जानकारी अनुसार ६३५८ स्वास्थ्यकर्मी संक्रमित छन। कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामै (सोमबार) विश्वका तीन हजार ७१५ व्यक्तिले ज्यान गुमाएका छन् । विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ७८० पुगेको छ । हालसम्म संक्रमितको संख्या सात लाख ८४ हजार ३८१ पुगिसकेको छ । गएको २४ घण्टामा कोरोना संक्रमणबाट स्पेनमा सबैभन्दा बढी ९१३ जनाले ज्यान गुमाउनु परेको छ । योसँगै स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात हजार ७१६ पुगेको छ । त्यहाँ अहिलेसम्म ८७ हजार ९५६ जना संक्रमित भइसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ । एजेन्सी
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
