कोरोनाभाइरसविरुद्धको लडाईँमा निकै कम मानिसहरूको स्वास्थ्य परीक्षण गरेको विषयलाई लिएर भारतले आलोचना बेहोर्दै आएको छ। तर एकजना गर्भवती महिला भाइरसविद्ले बच्चा जन्माउनु केही घन्टाअघि परीक्षण कीट निर्माण गरेकाले अब स्थितिमा परिवर्तन हुने देखिएको छ।
'भारतको स्वास्थ्य प्रणालीमा ठूलो भ्वाङ'
प्रशस्त मात्रामा परीक्षण नगरेको भनेर भारतको आलोचना हुँदै आएको छ। प्रति दश लाख जनसङ्ख्यामा ६.८ प्रतिशतमात्र परीक्षण दरका साथ भारत विश्वकै कम परीक्षण गरिने देशहरूमध्ये पर्छ। सुरुमा भारतले उच्च जोखिम रहेका देशको यात्रा गरेका वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाहरू वा कोरोनाभाइरसको परीक्षण गर्ने स्वास्थ्यकर्मीहरूको मात्र जाँच गर्ने कुरालाई प्राथमिकता दिएको थियो। पछि उसले श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग लागेर अस्पताल भर्ना भएका सबैको परीक्षण गरिनुपर्ने बतायो। तर सङ्क्रमितको दायरा दिनहुँ बढ्दै जाँदा सङ्क्रमितको सङ्ख्या निकै वृद्धि हुने ठानिएको छ। पछिल्ला केही दिन भारतले परीक्षणको दर बढाएको छ। सुरुमा कोरोनाभाइरसको सङ्क्रमणको परीक्षणको निम्ति सरकारी प्रयोगशालालाई मात्र अनुमति दिइएको थियो। तर अहिले थुप्रै निजी प्रयोगशालालाई पनि अनुमति दिइएको छ। र, भारतले अमेरिका, युरोपेली संघ र अन्य देशहरूबाट अनुमतिप्राप्त १५ वटा कम्पनीहरूलाई पनि कीट विक्री गर्ने अनुमति बिहीवार दिएको छ। डा. वानखेडेले दिनहुँ आपूर्तिकर्ता र प्रयोगशालाको वृद्धिसँगै परीक्षण पनि तीव्र रूपमा बढ्ने बताए। बढ्दो परीक्षण ठूलो सहयोगी बन्न सक्छ। तर विज्ञहरू भारतको स्वास्थ्य संरचनामा प्वालहरू रहेको र कोरोनाभाइरसको बढ्दो चुनौतीको सामना गर्न त्यो तत्काल टाल्नुपर्ने बताउँछन्। पूर्व संघीय स्वास्थ्य सचिव सुजाथा रावको प्रश्न छ, "दक्षिण कोरिया सानो छ तर त्यहाँ ६५० वटा परीक्षण प्रयोगशाला छन्, हामीसँग कति छन्?"अझै अपर्याप्त
भारतमा ११८ वटा सरकारी प्रयोगशाला रहेको जनाउँदै अधिकारीहरू ५० वटा निजीलाई पनि त्यसमा सहभागी गराइने बताउँछन्। एक अर्ब ३० करोड जनसङ्ख्या भएको भारतको निम्ति त्यो आवश्यकताभन्दा निकै अपर्याप्त हो। राव भन्छिन्, "भारतले थप प्रयोगशालाको पहिचान गर्नुपर्छ। त्यसपछि त्यहाँ कीट पुर्याउनुपर्छ र प्राविधिकहरूलाई तालिम दिनुपर्छ। संरचना विस्तारमा समय लाग्छ।" जब परीक्षणको परिणाम आउन थाल्छ र यदि ठूलो सङ्ख्यामा मानिसहरूलाई सङ्क्रमण देखियो र अनि उनीहरूलाई अस्पताल भर्ना गर्नुपर्ने भयो भने त्यसपछि भारतले कठिनाइको सामना गर्नुपर्ने छ। पूर्व स्वास्थ्य सचिव रावको भनाइ छ, "देशमा सरकारी स्वास्थ्य सुविधाको हालतबारे थाहा छ? ती सबै सहरी क्षेत्रमा केन्द्रित छन्। ग्रामीण भारतमा निकै कम सुविधा छ। त्यो ठूलो चुनौती हुनेछ।" बिबिसी
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
