जनस्वास्थ्य सरोकार, कंगो । कंगोका पूर्वराष्ट्रपति ज्याकुज जोकुम योम्बी ओपांगोको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
ओपांगोको ८१ वर्षको उमेरमा पेरिस अस्पतालमा सोमबार मृत्यु भएको उनको परिवारले जानकारी दिएको हो । योम्बीका छोराले यसअघि नै अन्तर्राष्ट्रिय मिडियालाई बाबुलाई कोरोना संक्रमण भएको जनाएका थिए ।
उत्तरी कंगोको कुभेत्ते क्षेत्रमा जन्मिएका योम्बी पहिले सैनिक अधिकृत थिए । पछि मात्रै तत्कालिन राष्ट्रपति मरियन न्गुअबीलाई अपधस्थ गरी सत्तामा आएका हुन् । कु गरेको भन्दै योम्बी ओपांगो १९८७ देखि १९९० सम्म जेलजीवत समेत बिताए ।
तत्कालिन राष्ट्रपति लिस्सउबासँग एकता गरी १९९४ देखि १९९६ सम्म प्रधानमन्त्री बनेका थिए । जब कंगोमा गृहयुद्ध भयो त्यसपछि उनी १९९७ मा फ्रान्समा निर्वासनका लागि गएका थिए । २००७ मा मात्रै उनी कंगो फर्किएका हुन् । त्यसपछि उनी स्वास्थ्य समस्याका कारण फ्रान्स र कंगो गरिरहन्थे ।एजेन्सी
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
