जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले कोरोनाको परीक्षणमा विश्व स्वास्थ्य संगठनले स्वीकृति नदिएका 'र्यापिड टेस्ट किट' प्रयोग नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहाकार डा. खेम कार्कीले मापदन्डभन्दा बाहिरका र्यापिट टेस्ट किट प्रयोग नगर्न आग्रह गरे ।
उनले सरकारले उपलब्ध गराएका ‘पीपीई’ मापदन्डअनुसार नै प्रयोग गर्न स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई आग्रह गरे ।
पीपीईको दुरुपयोग भयो भने महामारीको समयमा अभाव हुन सक्छ भन्दै डा. कार्कीले ज्वरोका बिरामीहरुलाई अस्पाताल लैजाँदा एम्बुलेन्स चालकहरुले पनि ‘सर्जिकल मास्क’ र गाउन लगाउन आग्रह गरे ।
कोरोना संक्रमण देखिएन
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखराबाट कोरोनाभाइरसको परीक्षण सुरु भएको भन्दै चाँडै नै धनगढी, जनकपुर र बुटवलमा पनि परीक्षण सुरु गरिने जानकारी दिए ।
सोमबार वीर र पाटन अस्पतालमा मृत्यु भएका तीनजनामा कोरोनाभाइरसको संक्रमण नदेखिएको भन्दै उनले कोरोना संक्रमित चारजनामध्ये दुईजनाको परिवार, आफन्त र सम्पर्कमा आएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण भइसकेको र बाँकी दुईजनाको सम्पर्कमा आएका व्यक्तिहरुकोसमेत परीक्षण भइरहेको जानकारी दिए ।
यस्तै, प्रत्येक प्रदेशमा एक हजार ३०० देखि दुई हजार ५०० सम्म पीपीई पठाइसकेको र मन्त्रालयमा पनि पीपीईको एथेष्ट मौज्दात रहेको प्रवक्ता डा. देवकोटाले बताए ।
हालसम्म एक हजार ६० जनाको स्वास्थ्य परीक्षण भएको र टेकु अस्पतालमा १० र प्रदेशहरुमा ७७ जना ‘आइसोलेसन’ कक्षमा रहेको पनि उनले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
