जनस्वास्थ्य सरोकार, चितवन । युवापुस्ताका चर्चित चिकित्सकको रुपमा छवि बनाएका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट डा. अधिकारीलाई अस्पतालको अध्यक्षमा नियुक्त गरिएको हो । सबैसँग घुलमिल हुन सक्ने सालिन स्वभावका डा.सोही अस्पतालमा कार्यरत हुनुहुन्छ ।
उहाँको कार्यकाल तीन वर्ष तोकिएको छ । २०७५ फागुन ३ गते भरतपुर अस्पताल केन्द्रीय सरकार माताहत गएपछि अस्पताल विकास समिति विघटन भएको र डा. अधिकारी भरतपुर अस्पताल संघीय अस्पताल भइसकेपछिको पहिलो अध्यक्ष हुनुभएको छ । मन्त्रालयले अस्पतालका अन्य सदस्यहरुमा रमा घिमिरे, रमाकान्त सापकोटा, केशव देवकोटालाई नियुक्त गरेको छ ।अस्पताल विकास समिति गठन आदेश २०७६ अनुसार मन्त्रालयबाट विकास समितिको अध्यक्षसहित चार जना नियुक्त गर्ने व्यवस्था छ । यसअघि प्रदेश सरकार अन्तर्गत सञ्चालित रहेको भरतपुर अस्पतालको अध्यक्षमा खिमलाल भण्डारी हुनुहुन्थ्यो ।
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
