जनस्वास्थ्य सरोकार, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले कोरोना भाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । उनले यस महामारीले ल्याउने आर्थिक मन्दीको तुलना पछिल्ला कुनै पनि वर्षका घटनासँग तुलना नहुने पनि बताएका छन् । कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक तथा आर्थिक प्रभावका बारेमा रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले यस्तो बताएका हुन् ।
कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावनातर्फ पनि सचेत गराएका छन् । ‘कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ, जुन यसअघि कहिल्यै निम्तिएको थिएन,’ गुट्रेसले रिपोर्ट सार्वजनिक गर्दै भनेका छन् ।
उनले भने “यो नयाँ रोगले मानिसहरूको जन जीवन र दैनिक जिविकोपार्जनमै असर गरेकमो तथा समाजहरूको मुटुमै प्रहार गरेको भनेका छन् । यस महामारीको प्रभाव कमका लागि तत्काल सबैको सहकार्यमा स्वास्थ्य सहायता कार्यक्रम आवश्यक रहेको पनि बताएका छन् ।
गुटेरसले कम विकसित देशहरूलाई सहायता गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह समेत गरेका छन् । गुट्रेसले कम विकसित देशहरूलाई सहायता गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह गर्दै त्यसो नगरे ’डढेलो जसरी फैलिएको यस रोगका डरलाग्दा नतिजा भविष्यमा थप सामना गर्नुपर्ने चेतावनी समेत दिएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
