जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड—१९) विरुद्धको लडाईमा काठमाडौ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) नेपाल सरकार र जोखिममा रहेका नेपाली जनतालाई आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको छ ।
कोभिड—१९ महामारीको रोकथाम तथा नियन्त्रणमा कलेज व्यवस्थापनले आफ्नै पहलमा महत्वपूर्ण तयारी गरेको कलेजकी प्रमुख कार्यकारी अधिकृत एवं प्रिन्सिपल प्रा.डा. चन्दा कार्कीले जनस्वास्थ्य सरोकारलाई जानकारी दिनुभयो ।
काठमाडौंको सिनामंगल र भक्तपुर जिल्लाको दुवाकोमा रहेका कलेजको अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गरिएको छ ।
शंकास्पद बिरामीहरु आएमा अस्पताल मै आईसोलेसनमा राख्न पहिलो चरणमा ७ वेडको कोरोना आईसोलेसन क्यूबिकल वार्ड, १० बेडको कोरोना केयर वार्ड तथा ३ वटा भेन्टिलेटर सहित कोरोना केयर आईसियू बेडको स्थापना गरेको छ । कलेजले अस्पतालमा कोभिड-१९ को व्यस्थापनको लागी टास्क फोर्स गठन गरेको छ । सर्वसाधारणहरुले आफूलाई शंका लागेमा ज्वरो क्लिनिकमा गई वा फोनवाट समेत आवश्यक जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ ।काठमाडौं मेडिकल कलेजले सरकारको सहयोग पाएमा दुवाकोट अस्पतालमा २२ वटा तयारी अवस्थाको क्याबिन, १०० साधारण शैया (५० वटा आईसोलेसन र ५० वटा कोभिड शैया), ५ वटा भेन्टिलेटर सहित १० वटा आईसियू संचालन गर्ने योजना गरेको जानकारी गराएको छ ।
भविश्यमा अस्पतालका सम्पूर्ण वेडहरु कोरोना उपचारमा प्रयोग गर्न परेमा पनि सरकारलाई सहयोग गर्न काठमाडौं मेडिकल कलेज तयार रहेको प्रा.डा. कार्कीले जानकारी गराउनुभयो । यसका लागि केएमसी व्यवस्थापनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा भक्तपुरको स्थानीय सरकारलाई पत्राचार गरिसकेको छ ।यो महामारी वाहेक अन्य कारणले विरामी भई आकस्मीक सेवा लिन पर्ने भएमा शल्यकृया सहित सम्पूर्ण आकस्मीक सेवाहरु, आईसियू लगायतका अन्तरङ्ग सेवाहरु पूर्ववत रुपमा नै सञ्चालन गरिएको छ । सर्वसाधारण जनतालाई स्वास्थ्य सम्बन्धि केही समस्या आई घरवाट नै परामर्श लिनुपरेमा अस्पतालले सुविधा उपलब्ध गराएको छ भने सम्बन्धित चिकित्सकहरुको नाम, टेलिफोन नम्बर, बार र समय फेसबुक लगायतका सामाजिक सञ्जाल एवं मिडियाहरुमार्फत जानकारी गराइएको प्रा.डा. कार्कीले बताउनुभयो । अकस्मात ज्वरो आई अस्तालमा आउनुभएका वा कोरोनाको शंका लागेर आउनुभएका वा अन्य कुनै कारण स्वास्थ्य सम्बन्धित आकस्मिक समस्या आई आकस्मीक सेवा लिनु परेका विरामीलाई प्रोटोकल बमोजिम सेवा दिइहेको र घरवाटै विशेषज्ञ चिकित्सकहरु सँग आफ्नो समस्याको बारे लकडाउन अवधिमा परामर्श पाउन सक्ने सुविधा पनि थप गरी बिरामीहरुलाई सेवा उपल्ध भइरहेको अस्पतालका मेडिकल डाईरेक्टर प्रा. डा. मुकुन्द राज जोशीले जानकारी गराउनुभयो । यस घातक कोरोना भाईरस विरुद्ध लड्न तिनै तहका सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवं सरोकारवाला निकाय र सर्वसाधारणहरुलाई आवश्यक सहयोग गर्न यस कलेज व्यवस्थापक, चिकित्सक तथा कर्मचारीहरु प्रतिवद्ध रहेको कलेजकी कार्र्यकारी प्रमुख प्रा.डा. कार्कीले स्पष्ट पार्नुभयो ।


प्रकाशित मिति: बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
