जनस्वास्थ्य सरोकार, काठमाडौैं। सरकारले कोरोना संक्रमण रोक्न चीनबाट स्वास्थ्य सामग्री खरिद तथा आपूर्तिका लागि ओम्नी ओबिसिए ग्रुपसँग गरिएको ठक्का सम्झौता रद्द गरेको छ।
कोरोना संक्रमण रोक्न आवश्यक स्वास्थ्य सामाग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले ओम्नी समूहसँग एक अर्ब २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। उक्त समूहसँगको ठेक्का विवादमा परेको थियो।
ठेक्का सम्झौता तोडिएको जानकारी बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले दिएका छन्।
'हामीले उहाँहरुले हालेको प्रस्ताव भन्दा ०.५ प्रतिशत घटाएर प्रस्ताव पास गरेका थियौँ। तर हो यो महामारीका बेलामा छिटो सामान ल्याउन २० प्रतिशत महँगोमा सम्झौता भएको हो', श्रेष्ठले भने, 'हामीलाई २० प्रतिशत धेरैको तनाव थिएन। मान्छे बचाउनु प्रमुख थियो तर तर उहाँहरुले हामीलेभनेको जति सामान ल्याउनु भएन। ३० तारिखसम्म १० प्रतिशत मात्रै सामान आएको छ। आजसम्म कबोल अंकको १८ प्रतिशत मात्रै सामान आउनुपर्ने थियो। तर नआएपछि हामीले ओम्रीसँगको सम्झौता रद्द गरेका छौं।'
श्रेष्ठले सम्झौता रद्द गरेर ओम्रीको धरौटी जफत तयारी भइरहेको जानकारी दिए। 'उहाँको धरौटी जफत गरेर कालोसूचीमा लाने तयारी भएको छ', उनले भने, 'अब पहिलेको टेण्डरका साथीहरुलाई बोलाउँदैछौं। थप आवश्यकताका लागि तीन दिनको सूचना निकाल्छौं। सस्तोमा दिन्छौं भनेका छन्। बढीमा ५ दिनभित्रमा ल्याउने शर्तमा सम्झौता र वार्ता गर्छौं', उनले भने, 'सामानहरु उपलब्ध गराउँछौं भनेकाले विश्वस्त छौँ।'
श्रेष्ठले सामान अभावमा बिरामीको जाँच नरोक्न अपिल गरेका छन्। 'स्वास्थ्यर्कमी सबैसँग अनुरोध, कुनै पनि सामानको अभावमा बिरामी जाँच्न नरोक्नुस', उनले भनेका छन्, 'चीनबाट सामान ल्याउन सक्नु भएन केही दिनको समस्या टार्न त सक्छौं तर दीगो समाधान तत्काल चाहिएको छ।'
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
