जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)का सक्रमितसँग सम्बन्धित सबैको ८४ प्रतिशत निगरानी (कन्ट्र्याक ट्रेसिङ) सकेको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएकाका परिवारका सदस्य, साथीको निगरानी (ट्रेसिङ) ८४ प्रतिशत सकेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहनुभएका सङ्क्रमित व्यक्तिका परिवारका १२ जनाको नमूना परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।
अन्य सङ्क्रमितका परिवारको नमूना परीक्षण गर्दा सबैको कोभिड–१९ नेगेटिभ आएको छ ।
अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जना र बागलुङमा एक जना सङ्क्रमितको उपचार भइरहेको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार अहिलेसम्म एक हजार १३३ को कोभिड–१९ परीक्षण गरिसकिएको छ ।यसैगरी मोबाइल एपमा आएका सम्भावित लक्षणका आधारमा १२ जनामा ज्वरो र खोकी लागेकाले तिनीहरुको पनि नमूना परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । बारामा निधन भएका एक जना दुर्घटनासम्बन्धि बिरामी भएको उहाँले बताउनुभयो । (रासस)
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
