जनस्वास्थ्य सरोकार, काठमाडौ । उपत्यकाबाहिर कोरोना भाइरस (कोविड १९) को नमूना परीक्षण धमाधम हुन थालेको छ। बाँकी स्थानमा पिसिआर मेसिन पुगेपछि आजबाट सातवटै प्रदेशबाट कोरोना भाइरसको नमूना परीक्षण हुन थालेको हो।
धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै परीक्षण सुरु भइसकेको छ। अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण हुन थालेको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले बताए। ती सबैको नेभेटिभ रिपोर्ट आएको उनले जानकारी दिए। अन्य थप परीक्षण भइरहेको उनले बताए।
यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले मंगलबारबाट स्वाब परीक्षण सेवा सुरु भएको जानकारी दिए। उनका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको संक्रमण नदेखिएको र एक जनाको भने रिपोर्ट आउन बाँकी छ।
प्रदेश २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, प्रदेश ५ को बुटवल र बागमती प्रदेशको हेटौंडाबाट पनि बिहीबारदेखि नमूना परीक्षण हुन लागेको कोभिड–१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए। उनका अनुसार यी पाँचै स्थानमा नमुना परीक्षणका लागि प्रोटेबल पिसिआर मेसिनसहित सम्पूर्ण सामग्री पुगिसकेको छ।
यसअघि नै प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ।
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
