
कोरोना महामारीबाट अमेरिकामा एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । अमेरिकामा गएको २४ घण्टामा मात्रै ८८४ जनाको मृत्यु भयो ।
एकै दिन यति धेरैको मृत्यु भएको यो अहिलेसम्मकै उच्च हो । यो सँगै, अमेरिकामा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । अमेरिका भन्दा बढी यूरोपेली मुलुक इटाली र स्पेनमा मात्रै मृत्यु संख्या छ । इटालीमा १३ हजार र स्पेनमा नौ हजारको मृत्यु भएको छ । अमेरिका पछि फ्रान्समा चार हजारको मृत्यु भएको छ ।
विश्वका २०३ देशमा फैलिसकेको महामारीबाट अहिलेसम्म ४७ हजार बढीको मृत्यु भएको छ । संक्रमित संख्या भने अमेरिकामा अत्याधिक बढेको छ । एक महीनाको अवधिमा अमेरिकामा संक्रमित संख्या दुई लाख नाघेको छ । १ मार्चदेखि देखिन थालेको महामारीबाट अमेरिकामा अहिलेसम्म दुई लाख १५ हजार संक्रमित भएका छन् ।
महामारीबाट निको हुनेको संखया भने अमेरिकामा अत्यन्तै न्यून देखिएको छ । अमेरिकामा अहिलेसम्म आठ हजारको मात्रै निको भएको छ । निको बनाउनेमा चीन सवैभन्दा बढी सफल छ ।
८१ हजार संक्रमित मध्ये चीनमा ७६ हजार बिरामी निको भइसकेका छन् भने दुई हजार मात्रै बिरामी छन् । जुन तथ्य विश्वका सवै देश भन्दा राम्रो हो । विश्वभर नौ लाख ३५ हजार संक्रमित मध्ये एक लाख ९४ हजार मात्रै निको भएका छन् । नेपालमा पाँच जनामा संक्रमण देखिएकोमा एक जनालाई निको भइसकेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
