जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छैठौं कोरोना संक्रमित भेटिएको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित थपिएको जानकारी दिनुभयो ।
छैटौं कोरोना संक्रमित पनि विदेशबाटै नेपाल आएका हुन् । पाँचौ, दोस्रो र छैठौं संक्रमित कतारबाट चैत ४ मा कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका युवतीमा कोरोना पुष्टि भएको हो । यी युवतीसमेत बागलुङकै हुन्। योसँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुगेको छ।सरकारले बुधबासम्ममा १ हजार १ सय ४५ जनाको मात्रै कोरोना परीक्षण गरेकोमा ५ जनामा कोरोना पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार १ सय ३३ जनाको नमुना परीक्षण भएको छ भने धरानेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना परीक्षण गरिएको छ। अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ४ जना र ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा ४ जना गरि उपत्यकाका अस्पतालमा ८ जनाको आइसोलेशन अर्थात डाक्टरको निगरानीमा उपचार भइरहेको छ। पहिलो पटक चीनबाट नेपाल आएका पुरुषमा माघ ९ गते कोरोना पुष्टि भएको थियो। त्यसको दुई महिनापछि फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षकी युवतीमा कोरोना पुष्टि भएको थियो। दुईजनामा कोरोना पुष्टि भएपछि सरकारले चैत ११ गते लकडाउनको घोषणा गरेको थियो।
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
