जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।
कैलाली र कञ्चनपुरमा देखिएको ३ जनामध्ये ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका थिए भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै थिइन् ।
भारतको मुम्बईबाट फर्केका कैलालीका २१ वर्षे पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षे अर्का पुरुष र कैलालीकै अर्की ३४ वर्षे महिनामा कोरोना पोजेटिभ देखिएको हो । ३४ वर्षे महिला यसअघि कैलालीमा भेटिएका संक्रमितका आफन्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास डा. देवकोटाले जानकारी दिनुभएको छ ।
उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनै जनामा संक्रमण देखिएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
बाहिरबाट संक्रमित भएर आएका व्यक्तिबाट स्थानीय व्यक्तिमा संक्रमित हुनु लोक ट्रान्समिसन अर्थात दोस्रो चरण हो नेपालको सन्दर्भमा यो एउटा व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने लोकल ट्रान्समिसन र एउटा समाजबाट अर्को समाजमा फैलिने कम्युनिटी ट्रान्समिसन हो । कम्युनिटी ट्रान्समिसन भनेको भयावह स्थिति हो ।अब नेपालमा कुल संक्रमितको संख्या ९ पुगेको छ । यसअघि कोरोना देखिएका बागलुङका २ जनाको धौलागिरी अञ्चल अस्पताल र ३ जनाको काठमाडौंस्थित शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । शुरुमा कोरोना देखिएका एकजना उपचारपछि घर फर्किसकेका छन् । लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन डा. देवकोटाले आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
