नेभिगेशन

कोरोना उपचारपछि अस्पतालबाट निस्केको फोहोर व्यवस्थापन गर्न किन जरुरी छ ?

[caption id="attachment_25942" align="alignnone" width="960"] धीरज मैनाली, अस्पताल व्यवस्थापन परामर्शदाता[/caption] चीनको बुहानबाट शुरुवात् भई विश्वका कैयन देशमा फैलिएको कोरोना भाइरस (कोभीड—१९) मानव जातिकै सबैभन्दा ठूलो समस्या भएको छ । हाल इटाली, स्पेन, बेलायत हुँदै विश्वको शक्तिशाली मुलुक अमेरिका समेतलाई आक्रान्त पारेको छ । नेपालमा यो लेख तयार पार्दा सम्म ९ जना संक्रमित पुष्टि भएको छ । कतिपयलाई संक्रमण भएता पनि लक्षण नदेखिएको हुनसक्छ । विना कुनै लक्षण कतार एयरमा सँगै आएका दुईमा कोरोना पोजेजिभ आएकोले टेष्ट गर्दा ६५ वर्षिय महिलाको चैत ४ गतेबाट १६ दिनमा कोरोना पोजेटिभ आउनुले विदेशबाट आउने सबैको तथा उनीसँग सम्पर्कमा अएका सबैको टेष्ट हुनु अति आवश्यक देखिन्छ । कोरोना पोजेटिभ आएका व्यक्तिहरु नेपाल फर्कदाकोे दिनमा सरकारले सामान्य रुपमा अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरो नाप्ने डेष्क मात्र राखेको अवस्था थियो । जनस्तरमा त्यति सचेतनाका कार्यक्रम गरिएको थिएन साथै कोरोनालाई हलुका रुपमा लिइँदै थियो । अन्धविश्वास नेपालमा पशुपतिनाथको अर्शिवादले हतपत रोग आउँदैन । नेपालको स्वस्थ्य खानपान र जीवनशैलीका कारण इवोला, सार्स, स्वाइन फ्लु जस्ता रोगलाई पनि हामीले जित्न सकेका छौं । हामी दैनिक ताजा खाना खाजा खान्छौँ । बासी खाना तथा बाहिरको खाना खाने हाम्रो संस्कार छैन । सुख दुःख सहन अभ्यस्त छौं । हाम्रो खानामा प्रयोग गर्ने बेसार, अदुवा, लसुन, प्याज, टिमुर, ज्वानो आदि रोग प्रतिरोधी घरेलु औषधि दैनिक खान्छौं । हाम्रो दैनिक व्यायाम गर्ने बानी छ । एन्टी अक्सीडेन्ट खाने कुरा खान्छौ । हाम्रो खाना खाने समय अतिनै वैज्ञानिक छ । मोटोपनाको समस्या छैन । व्रत बसेर पाचनप्रणाली स्वस्थ राखेका छौं । यसले गर्दा नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो छ । प्रदूषणले गर्दा अनेक भाइरस पचाइसकेका छन् । कोरोना भाइरस गर्मीमा नटिक्ने भाइरस हो । नेपालमा गर्मी आँउदै छ त्यस कारण केही हँुदैन । नेपालमा देखिएको छैन भन्ने आन्धविश्वास र भ्रमले सामान्य अवस्थाबाट समाजको गतिविधि गुज्रिरहेको छ । रिपोर्टको विश्वसनीयता कोरोना संक्रमितको सम्पर्कमा भएको पाँचौ दिनदेखि १४ दिन भित्रमा कोरोना टेष्ट हुनुपर्ने विज्ञ सुझाउँछन । आज मात्रै भारतबाट आएका दुई जनामा पोजेटिभ देखिएको छ भने एक जना यसअघि कोरोना पोजेटिभका आफन्त हुन् । यसले पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण भएको छ । पाँच दिन अगावै टेष्ट गरिएमा परिणाम फल्स नेगेटिभ आउने कुरा विज्ञको सल्लाह छ । चीनको उपचारको अनुभवबाट नेशल स्वावभन्दा स्पुटम माध्यमबाट टेष्ट गर्दा परिणाम भरपर्दो आउने विज्ञको सुझाव छ । सन्त्रासको वातावरण नेपाल सरकारले चैत १० गते बाट कोरोना नियन्त्रणका लागी देशमा लकडाउन घोषणा गरेको छ । फ्रान्सबाट फर्किएकी १९ वर्षीया नेपालीमा कोरोना पोजेटिभ आए पश्चात् सबै मनोवैज्ञानिक भ्रम तथा प्रक्षेपणहरु असफल सिद्ध भएर देशमा विदेशबाट आएका नागरिकबाट कोरोना भित्रिएको प्रमाणित भएको थियो । जनतामा विभिन्न सञ्चार माध्ययमबाट कोरोना सम्बन्धी प्रसारित अन्तर्राष्ट्रिय समाचारले डरको छाप छोडेको थियो । सरकारले लकडाउन घोषणा गरे पश्चात् सबै क्षेत्रका कलकारखाना, शिक्षण संस्था तथा अन्य सबै निकाय बन्द भए । आम जनमानसमा सन्त्रासको वातावरण छाएको छ । अभावमा मजदुर दैनिक उपभोग्य सामाग्रीको अभाव हुने देखि लिएर दैनिक ज्यालादारी गरेर रोजीरोटी गर्नेलाई दुई छाक कसरी टार्ने भन्ने दुविधा मनमा छाएको छ । दैनिक ज्यालादारीका व्यक्ति काममा जान पाएका छैनन् । कोरोनाले भन्दा पनि भोकले पो मरिने हो कि भन्ने सन्त्रास छाएको छ । यसतर्फ सबै निकायको ध्यान जानु अति आवश्यक छ । लकडाउनको अवज्ञा एक हप्ताको लकडाउनको प्रारम्भमा जति कडाईका साथ प्रशासन उत्रिएको थियो । त्यसपछिका दिन क्रमिक रुपमा बित्दै गए पछि त्यो केही फितलो हुँदै गयोे । हाटबजारमा मान्छेको भीडभाड तथा नाकामा भारतको बैकल्पीक माध्ययमबाट आउने क्रम रोकिएको छैन । नेपाल बन्द झैँ पाँच बजे पश्चात् मानिसहरु घरबाट बाहिरिने संख्यामा कमी आएको छैन । तथापी सरकारले अर्को हप्ता लकडाउन लम्बाउने निर्णय ग¥यो । बैंकको चिन्ता उद्योगी व्यवसायीलाई बैंकको ऋणको ब्याज तथा चैत महिनाको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने पीडा छँदै छ भने आम मानिसलाई पनि समान रुपमा मानसिक तनाव भएको पाइन्छ । रोगको डरको पीडा एकातिर छ भने अर्को तिर बैंकको ब्याज , महँगी तथा अभावको समस्या साथै घरको बसाईबाट आम्दानीमा हुन सक्ने ह«ासले मनमा चिन्ताले स्थान पाइरहेको छ । सरकारबाट गैरसांगठानीक क्षेत्रका कामदारको घरभाडा माफ गर्ने, चैत महिनाको स्कुलको फि मिनाहा गर्ने साथै चैत महिनामा बुझाउनुपर्ने ब्याज, कर आगामी असार मसान्त भित्र बुझाउने म्याद थप साथै विलम्ब जरिवाना मिनाह गर्ने निर्णय भएको छ । यो निर्णय प्रभावकारी कार्यान्वयन हुन जरुरी छ । व्यक्तिगत दुरी कायम गरौं सरकारको लकडाउनको निर्णयलाई सराहनीय मान्नुपर्छ किन भने यो भाइरसलाई फैलिन नदिन एक मात्र उपाय व्यक्तिगत दुरी मात्र रहेको छ । शक्तिसम्पन्न देशलाई समेत यो भाइरसले गलाई रहेको अवस्थामा हामी जस्तो अल्पविकसित मुलुकलाई यसले आप्mनो चंगुलमा लिन कति समय लगाउने छैन । त्यसकारण सरकारको लकडाउनको सबै पक्षबाट पूर्ण पालना हुनु अति आवश्यक छ । यस अवधिमा विकास निर्माणका कार्य असम्भव प्राय रहेकाले निजी क्षेत्र हतोत्साहित नहुने गरी राहत कार्यक्रम ल्याउनु जरुरी छ । साथै गरीब निमुखाको दैनिक गाँसबासको प्रत्याभुती हुन जरुरी छ । स्वास्थ्यकर्मीको स्वास्थ्यमा ध्यान देऊ स्वस्थ्यकर्मीलाई आवश्यक पर्ने सुरक्षा पोशाक पिपिई आवश्यक मात्रामा उपलब्ध गराएर उनीहरुको मनोवल तथा आत्मवल उच्च बनाउनु आवश्यक छ । आजको कोरोना विरुद्धको लडाईका सैनिक नै स्वस्थ्यकर्मी हुन् भन्ने यथार्थलाई विर्सनुहुन्न । उनीहरुको स्वास्थ्यमा निकै ध्यान दिनुपर्छ । सुरक्षा पहिरनको अभावले चिकित्सक तथा स्वस्थ्यकर्मीहरु विरामीसँग डराइरहेका छन् । आफ्नो शरीरको माया जसलाई पनि हुन्छ । कैयन निजी अस्पतालमा सुरक्षा पहिरन छैन, बजारमा यसको चरम अभाव छ । सामान्य ज्वरो, निमोनिया, मलेरिया भएका व्यक्तिहरु पनि अस्पतालको ढोका ढकढकाउँदैमा ज्यान गुमाइरहेका छन् । सेवा नदिएमा लाइसेन्स खारेज गर्ने जस्ता सरकारको धम्कीले समस्याको समाधान होइन झन विकराल रुप लिन सक्छ । यो कठिन घडीमा देशका नेतृत्वमा इमान्दारिताको खडेरी परेको छ । स्वास्थ्यकर्मी सुरक्षा पहिरन तथा आवश्यक औजार तथा उपकरणको अभावमा हतोत्साहित छन् । परीक्षणको व्यापकता परीक्षण नै कोरोना खोजको साधन हो । कोरोनाको टेष्ट गर्ने स्थान केन्द्रिय प्रयोगशालाबाट भर्खरै सरकारले प्रदेशमा विकेन्द्रीकृत गरेको छ । यो प्रशंसनीय कदम हो । तर चैत ४ यता विदेशबाट नेपाल भित्रिएका तथा ति सँग सम्पर्कमा आएका सबैको सुक्ष्म निगरानी तथा टेष्ट हुन जरुरी छ । साथै लाखौंको संख्यामा भारतबाट आएका नागरिकको अभिलेख पत्ता लगाउने तथा तिनीहरुलाई सुक्ष्म निगरानी तथा टेष्ट हुनु आवश्यक छ । सामुहिक सहकार्य यो लडाई सरकार एक्लैले जित्न सक्दैन । यो लडाईमा सेना स्वस्थ्यकर्मी तथा हामी सबैको भूमिका महत्वपूर्ण हुन्छ । भीडभाडमा जाँदा स्वयं सावधानी अपनाउन जरुरी छ ।
कोरोनाका विरामीको उपचार हुने अस्पतालबाट निस्कने फोहोरमैलालाई हल्का रुपमा लिनुहँदैन । सो फोहोरको माध्ययमबाट अन्यलाई कोरोना सर्ने यथार्थलाई मनन गरेर सावधानी अपनाउनुपर्छ ।
त्यहाँबाट उत्पादन भएका फोहोर सही पृथकीकरण गरेर मापदण्ड अनुसार निर्मलीकरण विधिबाट प्रशोधन हुनु जरुरी छ । बिरामीको टेष्टका लागि लिइएको स्वाव १ प्रतिशत सोडियम हाइप्रोक्लोराइडमा डुबाएर मात्र विसर्जन हुनु जरुरी छ । आम जनमानिसलाई सुचित र जागरुक गराउने कार्यमा सबै पक्ष लाग्नुपर्छ । हात धुने तरिका सिकाउने धेरै भीडभाड हुन नदिन प्रशासन मात्र होइन स्थानीय नेता, कार्यकर्ता सबै लागी पर्न आवश्यक छ । कोरोनाविरुद्धको लडाइमा विजय प्राप्त गर्न सबैले व्यक्तगत दुरी कायम गरेर, समय समयमा हात धोएर वा सेनिटाइजर प्रयोग गरेर आफू र आप्mनो परिवार, समाज अनि राष्ट्रलाई जोगाउन प्रत्यत्न गरौं । (लेखकले अस्पतालन व्यवस्थापनमा स्नातोकोत्तर गर्नुभएको छ । )
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट