जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) बाट छिमेकी मुलुक भारतमा १ सय १८ जनाको ज्यान गएको छ । यसैगरी भारतमा कोभिड—१९ बाट संक्रमित हुनेहरुको संख्या ४३१४ पुगेको छ । यहाँ उपचार भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३२८ पुगेको छ । उपचाररत संक्रमित ३८६८ को अवस्था सामान्य रहेको छ ,
ओल्र्डवमिटर डट कमले अपडेट गरेको तथ्यांक अनुसार, अहिलेसम्म विश्वका २०८ मुलुकमा कोरोना संक्रमित भइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा २,२७५,१४६ मा कोभिड—१९ संक्रमित भइसकेको छ । यसबाट ६९,५०३ जनाको मृत्यु भएको छ । यसैगरी संक्रमित भएकामध्ये अस्पतालबाट उपचार भएर डिस्चार्ज हुनेहरुको संख्या २६५,८९२ रहेको छ । कोभिड—१९ बाट सबै भन्दा धेरै १५,८८७ को मृत्यु भएको छ भने संक्रमित हुनेहरुको संख्या १२८,९४८ पुगेको छ । त्यसपछि मृत्यु हुनेहरुको संख्या स्पेन १२,६४१ को मृत्यु संक्रमित १३१,६४६ रहेको छ । सबैभन्दा धेरै संक्रमित हुनेहरुको संख्या अमेरिका रहेको छ । अमेरिकामा ३३६,८५१ संक्रमित भएका छन् ।
अमेरिकामा अहिलेसम्म ९,६०२ को मृत्यु र १७,९७७ को उपचार भएर अस्पतालबाट डिस्चार्ज भएर घर फर्केका छन् । अमेरिकामा कोरोना संक्रमितको तुलनामा उपचार हुनेहरुको संख्या निकै न्यून छ । अमेरिकामा ३०९,२५४ को अवस्था सामान्य छ भने ८,७०२ जनाको अवस्था क्रिटिकल अवस्थामा रहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
