जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले लकडाउन (बन्दाबन्दी) को समयवधि आगामी २०७७ बैशाख ३ गतेसम्मका लागि बढाएको छ । नेपालमा कोरोना भाइरसको प्रकोप बढेमा राज्यले थेग्न नसक्ने कुरालाई मध्यनजर गर्दै आज बसेको मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको हो ।
लक डाउनको समयावधि भोलि २५ गते राति १२ बजे सकिँदै थियो । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी एक साता लकडाउनको घोषणा गरेको थियो । उक्त लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदै गर्दा सरकारले समयावधि बढाएर चैत्र २५ गते राति १२ बजेसम्मका लागि कायम गरेको छ ।
सुदूरपश्चिम क्षेत्रमा चार जनामा कोरोना संक्रमण देखिएको र विदेशबाट आएकाबाट स्थानीयमा सरेको समेत भेटिएपछि सुदूरपश्चिममा क्वारेन्टाइनको अवधि थप गरी २१ दिन पुर्याइएको सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले घोषणा गरिसक्नुभएको छ ।
नेपालमा कोरोनाको लोकल ट्रान्समिसन शुरु भएपछि सर्वत्र चिन्ता छाएको छ । शुरुमा बाहिरबाट आएका व्यक्तिहरुमा संक्रमण पहिचान हुँदै आएकोमा अहिले तिनै व्यक्तिहरुबाट स्थानीय व्यक्तिहरुमा संक्रमण देखिन थालेपछि चिकित्सकहरुले थप सजग र सचेतना अपनाउन आग्रह गरेका छन् ।
कञ्चरपुरकी ३४ बर्षीया एक महिलामा भारतको उत्तराखण्डबाट आएका उनका देवरबाट कोराना संक्रमण भएपछि सर्वत्र चिन्ता र चासो बढ्दै गएको हो । हालसेती अञ्चल अस्पताल धनगढीमा ४ जना, बागलुङका २ जनाको धौलागिरी अञ्चल अस्पताल र ३ जनाको काठमाडौंस्थित शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । शुरुमा कोरोना देखिएका एकजना उपचारपछि घर फर्किसकेका छन् । नेपालमा कुल संक्रमितको संख्या ९ बाट बढेको छैन । बाहिरबाट संक्रमित भएर आएका व्यक्तिबाट स्थानीय व्यक्तिमा संक्रमित हुनु लोक ट्रान्समिसन अर्थात दोस्रो चरण हो । नेपालको सन्दर्भमा यो एउटा व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने लोकल ट्रान्समिसन र एउटा समाजबाट अर्को समाजमा फैलिने कम्युनिटी ट्रान्समिसन हो । कम्युनिटी ट्रान्समिसन भनेको भयावह स्थिति हो ।
यसअघि कोरोना देखिएका लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन सरकारले आग्रह गर्दै आएको छ
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
