जनस्वास्थ्य सरोकार, काठमाडौं । न्युनतम सुरक्षा बिना नै चिकित्सकहरुले बिरामीहरुको उपचार गरिरहेको पाइएको छ । नेपाल चिकित्सक संघको अनुगमनमा व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) बिना नै काम गर्नुपरेको उपचारमा संलग्न चिकित्सकहरुले गुनासो छ ।
संघका महासचिव डा. बद्री रिजालका अनुसार, कतिपय हस्पिटलको आकस्मिक कक्ष र ज्वरो क्लिनिकमा काम गर्ने चिकित्सकहरुले सामान्य कपडाको मास्क प्रयोग गरेर उपचार गरिरहेका छन् ।पछिल्लो समय संघले हस्पिटलहरुमा अनुगमन शुरु गरेको छ । पहिलो चरणमा संघले पाटन, सिभिल र बीर हस्पिटलमा अनुगमन गरिसकेको छ । राजधानी भित्र र बाहिरका अधिकांश अस्पतालहरुमा अनुगमन गर्दै जाने संघको लक्ष्य रहेको छ । निकै कम चिकित्सकहरुले मात्र व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) पाइरहेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
