जनस्वास्थ्य सरोकार, काठमाडौं । कालोबजारी गरेको आरोपमा शंकर समूहका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन्। जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालकसमेत रहेका अग्रवाल कालोबजारी गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन्।
महानगरीय प्रहरी अपराध महाशाखाका एसपी मुकेस सिंहका अनुसार अग्रवाल ६७ थान थर्मलगनसहित नक्सालबाट पक्राउ परेका हुन्। उनीमाथि तीन हजार पर्नेे थर्मलगन १५ हजार रुपैयाँमा बेचेको आरोप छ।अग्रवाल किर्गीस्थानका अवैतनिक महावाणिज्यदूतसमेत हुन् । प्रहरीले उनलाई कूटनीतिक नियोगको २०९८ सीसी वान नम्बरको गाडीसहित नियन्त्रणमा लिएको हो। नेपाल एयरलाइन्सको विमान चार्टर्ड गरेर अग्रवालले शनिबार मात्र चीनको ग्वन्झाओबाट चार टन मेडिकल सामग्री ल्याएका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको सिंहको भनाइ छ।
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
