जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बसुन्धरास्थित चिरायू हस्पिटलले कोरोना भाइरस (कोभिड—१९) को संभावित जोखिम न्युनिकरणका लागि आवश्यक पूर्वाधार र जनशक्तिहरुलाई स्टेन्डवाई राखेको छ ।
हस्पिटलमा १४ बेडको क्वारेन्टाइन वार्डको व्यवस्था मिलाइएको छ । हस्पिटलले मुलुकमा लकडाउन हुनभन्दा अघि गत मार्च २४ देखि नै ज्वरो क्लिनिक शुरु गरिसकेको थियो । अस्पतालमा रहेका विभिन्न स्वास्थ्य विभागका मेडिकल स्टाफहरुलाई कोरोनाबारे अभिमुखीकरण तालिम उपलब्ध गराउनुका साथै हस्पिटलका चिकित्सकहरुले राष्ट्रियस्तरका टेलिभिजनहरु मार्फत कोभिड—१९ बारेमा जनचेतनामुलक जानकारी प्रदान गर्दै आएका छन् ।
चिरायु हस्पिटल वर्तमान महामाहारीमा जोखिममा परेका बिरामीहरुको सेवा गर्न प्रतिवद्ध रहेको अस्पतालका निर्देशक चण्डेश्वर वैद्यले जानकारी दिनुभयो । वर्तमान संकटको सामना गर्न हस्पिटलका फ्रन्टलाईन मेडिकल स्टाफहरुलाई स्टेन्डवाई तयारी अवस्थामा राखिएको छ । पूर्ण क्षमतामा जनताको सेवा गर्न हस्पिटल तयारी अवस्थामा रहेको निर्देशक बैद्यले बताउनुभयो । यो महामारीेको संभावित जोखिममा आकस्मिक अवस्था बाहेक घरमा नै बसेर सुरक्षित रहन हस्पिटलले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
