नेभिगेशन

विश्वमा कोरोना संक्रमितको संख्या १६ लाख ९ हजार नाघ्यो, अमेरिकामा संक्रमण र मृत्यु हुनेको संख्या तीब्र [कोभिड—१९ अपडेट]

जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभीड—१९) बाट संक्रमित हुनेको संख्या १,६९९,६३१ पुगेको छ । यसमध्ये १०२,७३४ जनाले ज्यान गुमाइसकेका छन् भने निको भएर घर फर्कनेहरुको संख्या ३७६,३२७ पुगेको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका २१० देशमा फैलिसकेको छ । हाम्रो देश नेपालमा पनि बाहिरबाट संक्रमित भएर आएका ८ जना र बाहिरबाट आएका व्यक्तिबाट संक्रमित भएका १ जना गरी ९ जनामा कोरोनोको संक्रमण देखिएको छ । कोराना संक्रमण पहिचान भएका पहिलो व्यक्ति निको भएर घर फर्किसकेका छन् । उपचाररत ८ जनामध्ये ४ जना धनगढी, २ जना बागलुङ र २ जनाको काठमाडौंको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डओ मिटर्स डट इन्फोले हामीले यो रिपोर्ट तयार पार्दासम्म अपडेट गरेको तथ्यांकले कारोना संक्रमितमध्ये १,१७०,७४० को अवस्था मध्यस्तरकोको छ भने ४९,८३० को सिकिस्त अवस्थामा उपचार भइरहेको छ । पहिलो अमेरिका अमेरिकामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । अमेरिकामा अहिलेसम्म कोरानो संक्रमित हुनेहरुको संख्या ५०२,८७६ पुगेको छ भने मत्यु हुनेहरु १८७४७ र निको भएर घर फर्किनेको संख्या २७३१४ रहेको छ । अमेरिकामा न्युयोर्क शहरमा सबैभन्दा धेरै कोरोनाको संक्रमण र मृत्यु भएको छ । दोस्रो स्पेन स्पेनमा संक्रमितको संख्या १५८,२७३ भएको छ भने मृत्युहरुको संख्या १६,०८१ पुगेको छ । यहाँ निको भएर डिस्चार्ज हुनेहरुको संख्या ५५,६६८ पुगेको छ । तेस्रो इटली इटलीमा संक्रमित १४७,५७७ भएका छन् भने मृत्यु हुनेहरुको संख्या १८,८४९ पुगेको छ । इटलीमा कोरोना संक्रमित हुनेहरुको संख्या ३०,४५५ पुगेको छ । चौथो फ्रान्स फ्रान्समा संक्रमित हुनेहरुको संख्या १२४,८६९ पुगेको छ भने १३, १९७ को ज्यान गएको छ । यहाँ रिकभरी हुनेहरुको संख्या २४,९३२ रहेको छ । पाँचौ जर्मनी जर्मनीमा १२२,१७१ संक्रमित भएका छन् । यहाँ मृत्यु हुनेहरुको संख्या २,७३६ भने रिकभरी हुनेहरुको संख्या ५३,९१३ रहेको छ । छैटौं चीन चीनको बुहानबाट शुरु भएको कोरोना भाइरस (कोभीड १९) संक्रमितबाट यतिखेर चीन छैटौं स्थानमा पुगेको छ । चीनमा संक्रमित ८१,९५३ र मृत्यु हुनेहरुको संख्या ३,३३९ मा सिमित गरेको छ । चीनमा ७७,५२५ संक्रमित व्यक्ति रिकभरी भएका छन् । (श्रोतः वल्र्डओ मिटर्स डट इन्फो)
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट