डा. टेड्रस एड्हानोम गेहब्रेयससले देशहरूलाई बन्दाबन्दी खोल्नेबारे सचेत हुन आग्रह गरेका छन् । युरोपमा कोरोनाभाइरस सङ्क्रमणको मारमा परेको इटली र स्पेनले 'लकडाउन'लाई जारी राख्दै बन्देज केही खुकुलो पार्ने बताइरहेका बेला गेहब्रेयससको चेतावनी आएको हो। कतिपय देशहरूले बन्दाबन्दीका कारण गम्भीर आर्थिक प्रभाव बेहोरिरहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका प्रमुखले कोरोनाभाइरसका कारण विभिन्न देशहरूमा लागु गरिएका 'लकडाउन' खोल्न हतार गरिए त्यसले भाइरसको 'घातक पुनरोदय' हुनसक्ने चेतावनी दिएका छन्।
स्पेन र इटलीले खुकुलो पार्दै
युरोपमा कोरोनाभाइरस सङ्क्रमणको सबभन्दा खराब असर बेहोरिरहेका इटली र स्पेनले त्यहाँ लगाइएका 'लकडाउन'लाई जारी राख्दै बन्देजमा केही खुकुलो पार्ने बताइरहेका छन्। संसारभरिमा अहिले सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने मर्नेहरूको सङ्ख्या पनि एक लाख नाघेको छ। जिनिभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै डा. टेड्रसले युरोपेली देशहरूमा सङ्क्रमणको गति 'सन्तोषप्रद ढङ्गले घटिरहेको' बताए। उनले विभिन्न सरकारहरूसँग मिलेर डब्लूएचओले बन्देजहरू खुकुलो पार्ने रणनीति निर्माण गरिरहेको तर तत्काल त्यसका लागि हतार भने गर्न नहुने बताए। "बन्देजहरू चाँडै हटाइएमा भाइरसको घातक पुनरोदय हुनसक्छ," उनले भने।के भाइरस सङ्क्रमणको गति घट्दैछ ?
डब्लूएचओका प्रमुखले केही युरोपेली देशमा सङ्क्रमणको गति घटेकोमा सन्तोष प्रकट गरेका छन् । अमेरिकामा पनि अधिकारीहरूले त्यहाँ कोरोनाभाइरसको महामारी अब उच्च तहमा पुग्न लागेको हुनसक्ने बताएका छन् ।ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलकी प्रमुख डिबोरा बिर्क्सले शुक्रवार उत्साहप्रद सङ्केतहरू देखा परेका तर अझै पनि महामारी उच्च विन्दुमा पुगिनसकेको बताइन् । यसबीच डा. टेड्रसले भाइरस अब अन्य देशमा तीव्र दरले फैलिरहेको चेतावनी दिएका छन्। उनले अफ्रीकामा ग्रामीण क्षेत्रमा भाइरस पुगेको बताए। "अफ्रिकी महादेशका १६ देशमा हामीले सङ्क्रमणका केही समूहगत मामिला तथा समुदायमा सङ्क्रमण देखिरहेका छौँ," उनले भने। "सङ्क्रमण फैलिएमा शहरको जस्तो सुविधा उपलब्ध नभएको ग्रामीण क्षेत्रका पहिलेदेखिनै चापमा परेका स्वास्थ्य प्रणालीहरूमा अत्यन्त कठिनाइ हुनसक्छ।" बीबीसी
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका प्रमुखले कोरोनाभाइरसका कारण विभिन्न देशहरूमा लागु गरिएका 'लकडाउन' खोल्न हतार गरिए त्यसले भाइरसको 'घातक पुनरोदय' हुनसक्ने चेतावनी दिएका छन्।