जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले काठमाडौंको वीर अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालबाट पनि कोरोना भाइरस (कोभिड—१९) परीक्षणको सुविधा उपलब्ध गराएको छ ।
बीर अस्पतालमा परीक्षण शुरु भइसकेको छ भने टेकुमा भोलिदेखि शुरु हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोभिड १९ को परीक्षण हुँदै आएको थियो । अब उपत्यकामा ३ ठाउँबाट कोरोना परीक्षण सेवा उपलब्ध भएको छ । उपत्यका बाहिर कोसी अञ्चल अस्पताल बिराटनगर, बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल धनगढी, हेटौडा, भैरहवा र चितवनलगायत ठाउँबाट नमुना परीक्षण भइरहेको छ ।
पछिल्लो एक सातादेखि मुलुकमा नयाँ कोरोना संक्रमण भेटिएको छैन । हालसम्म मुलुकभर भएका ४ हजार ४ सय २६ जनाको नमुना परीक्षणमा सबैको नतिजा नेगेटिभ पाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङ कार्यक्रममा प्रवक्ता देवकोटाले दिनहुँ परीक्षणको संख्या बढिरहेको र सात दिनयता गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी गराउनुभयो । कोरोना संक्रमितको आशंका गरिएको ८२ जना व्यक्तिहरुलाई आइसोलेसनमा राखिएको छ । जसमध्ये उपत्यकामा १५ र उपत्यका बाहिर ६७ जना रहेका छन् । मुलुकभर गरी ८ हजार ८२ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । गत २४ घण्टामा मुलुकभर ८९७ नमुना परीक्षण भएका छन् ।
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
