जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा तीन जना भारतीय नागरिकको स्वाब नमुना परीक्षण गर्दा कोरोना भाइरस (कोभिड १९) पुष्टी भएको छ । यससँगै अब नेपालमा कोरोना संक्रमित भएका व्यक्तिहरुको संख्या ११ पुगेको छ ।
बीरगञ्जको छपकैयाँस्थित श्रीराम हल अगाडिको जामे मस्जिद र घुसुकपुर मस्जिदमा बस्दै आएका २४ जना धार्मिक गुरु र अन्यगरी जम्मा ३३ जनाको हेटौंडा प्रयोगशालामा शुक्रबार नमुना परीक्षण गर्दा ३ जना भारतीय नागरिकमा कोरोनाको प्रारम्भिक लक्षण मिश्रित पाइएको थियो । यसलाई पुनः एकिन गर्न काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएकोमा यहाँबाट पनि ३ जनामा कोरोना संक्रमण पुष्टी भएको नतिजा आएको थियो ।मस्जिदका २४ जना धार्मिक गुरु नारायणी क्षेत्रीय अस्पतालमा ‘स्क्रिनिङ’का लागि पुगेका थिए । कोरोना नतिजा पोजेटिभ आएपछि ती तीन जनालाई अस्पतालको आइसोलेसनमा राखिएको छ भने अन्य २१ धर्मप्रचारकहरुलाई पनि स्थानीय सिद्धार्थ मावीको क्वारेन्टाइनमा सारिएको छ । संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका छन् । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।
सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिखमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पतालमा पुगेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले यो नतिजा सार्वजनिक गर्ने तयारी गरिहरेको छ । कोरोना पोजेटिभको सुचना पुगेपछि संक्रमितहरुलाई राखिएको वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
