जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकभर ८ हजार ५ सय ५ जनामा गरिएको कोरोना भाइरस (कोभिड—१९) को परीक्षणमा १२ जनामा कोरोनो पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाका अनुसार पीसीआर र र्यापिड किटबाट उपत्यका र उपत्यका बाहिर गरी देशभर ८ हजार पाँच सय ५ जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो ।एक सातापछि आइतबार नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका हुन् । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा ३७, ४४ र ५५ वर्षीय भारतीय पुरुष रहेका छन् । उनीहरु तीनै जनाको उपचार वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।शुक्रबार हेटौंडामा परीक्षण गर्दा तीन जनामा कोरोना पोजिटिभ देखिएपछि पुनः परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । आइतबार प्रयोगशालामा पुनः परीक्षण गर्दा उनीहरुमा पोजिटिभ देखिएको हो । यसअघि नेपालमा ९ जनामा कोरोना पुष्टि भएको थियो । जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन् । अन्य आठजनामध्ये चारजनाको धनगढी र दुई जनाको बागलुङ र दुई जनाको टेकुमा उपचार भइरहेको छ । देशभर अहिलेसम्म सात हजार ९ सय ७३ जना क्वारेन्टाइनमा बसेका छन् । राजधानी उपत्यकामा १५ र उपत्यका बाहिर ७० गरेर ८५ को आइसोलेसनमा उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
