जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा रौतहट र कैलालीमा थप गरी कोरोना भाइरस (कोभिड—१९) संक्रमितहरुको संख्या १४ पुगेको छ ।
रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको हो । उनी केही दिन अघि मात्रै भारतबाट घर आएका थिए । उनी इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।
यसैगरी कैलाली जिल्लाको लम्बीचुुवा नगरपालिकाको क्वारेन्टाइनमा रहेकी ६५ वर्षीया महिलाको नमुना परीक्षण गर्दा पोजेटिभ आएको हो । उक्त केशको केश इन्भेष्टिगेसन र कन्ट्र्याक्ट ट्रेसिङ गर्ने काम शुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिय ब्रिफिङमा जानकारी दिइएको छ ।
यद्यपी मुलुकमा देखिएका कोभिड १९ का संक्रमितहरुमध्ये एकजना थप संक्रमितको उपचार सेति प्रादेशिक अस्पतालमा शुरु भएको छ । यसरी सेति प्रादेशिक अस्पतालमा उपचाररत संक्रमितहरुको संख्या ५ पुगेको छ । त्यसैगरी बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ३ जना, बागलुङमा २ जना, काठमाडौको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना संक्रमितहरुको उपचार भइरहेको छ । हाल उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटोले बताउनुभयो । शुरुमा देखिएका १ जना संक्रमित उपचार भएर घर फर्किसकेका छन् ।प्रत्येक प्रदेशमा आरडीटी प्रविधिबाट कोरोना परीक्षण सुरु भएको छ । ५२ जिल्लाबाट आरडीटी प्रविधिबाट परीक्षण सुरु भएको छ। सोमबारसम्म यो प्रविधिबाट परीक्षण गरिएका ५ हजार २ सय ९१ नमूना छन । पीसीआर र आरडीटी प्रविधिबाट परीक्षणबाट १० हजार ९ सय ८२ वटा परीक्षण भइसकेको छ । यस्तै हालसम्म मुलुकभर क्वारेन्टाइनमा ७ हजार १ सय ६६ जना रहेको मन्त्रालयले जनाएको छ । आइसोलेसनमा १०३ जना छन् । जसमध्ये उपत्यकामा ९ र उपत्यका बाहिर ९४ जना छन् । सोमबारसम्म २१९ जना रेड जोनमा परेका छन् । कोभिड संक्रमित र सम्भावितहरु र अन्य बिरामीको उपचारमा कसरी र कुन कुन अस्पतालले सेवा दिनेबारे निर्देशिका जारी गरेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । देवकोटाका अनुसार पर्साको विभिन्न मस्जिदमा रहेका २८ जनाको कोरोना परीक्षण सम्पन्न भएको छ । पर्सा जिल्लाका छपकैया टोलमा ५९ जनाको र्यापिड किटबाट परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यहाँको क्वारेन्टाइनमा रहेकाको र्यापिड किटबाट परीक्षण सुरु गरिको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
