जनस्वास्थ्य सरोकार ललितपुर । ललितपुरको सानेपा स्थित स्टार हस्पिटल लि. ले विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ बाट श्रृजित असामान्य परिस्थितिमा अनलाइन टेलिमेडिसिन सेवाको शुभारम्भ गरेको छ ।
आफ्ना नियमित सेवाग्राही तथा अन्य देश विदेशमा रहनुभएका र लकडाउनका कारणले नियमित स्वास्थ्य सेवा लिनबाट वञ्चीत समुदायलाई लक्षित गर्दै सो सेवा शुरु गरेको हो ।
डिजिटल प्रविधिको प्रयोग गर्दै उद्घाटन गरिएको कार्यक्रम, ई–कन्फरेन्स मार्फत नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, संस्थाका अध्यक्ष किसोर कुमार महर्जन, संचालक समिति सदस्य वसन्त चन्द्र मरहट्टा र ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले संयुक्त रुपमा गरेका थिए ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतिले, टेलिमेडिसिन सेवा लिन चाहने बिरामीहरुले गर्नुपर्ने रजिस्ट्रेसन प्रकृया, चिकित्सकिय परामर्श तथा अन्य परिक्षण गर्नुपरेको खण्डमा अवलम्बन गर्नुपर्ने प्रकृयाहरुका सम्बन्धमा डेमोनस्ट्रेशन देखाएर प्रकाश पार्नुभएको थियो । साथै सम्पूर्ण बिरामीहरुको अभिलेख डिजिटल रुपमा राखिने हुनाले भविष्यमा पनि बिरामीहरुको पहिलाको अवस्थाको बारेमा जानकारी प्राप्त गर्न सकिने गरि सेवा संचालन भएको जानकारी गराउनु भएको थियो ।अस्पतालका अध्यक्ष किसोर कुमार महर्जनले अस्पतालले समय सापेक्ष डिजिटल प्रविधिको उपयोग गर्दै गएको र टेलिमेडिसिनका अलावा कोभिड १९ असाइनमेन्ट टुल पनि यसै साताबाट संचालनमा ल्याएको र टुलले देश तथा विदेशबाट पनि राम्रो प्रतिकृया पाइरहेको बताउनु भएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा मन्तव्य व्यक्त गर्नुहुँदै डा. कोइरालाले विशम परिस्थितीमा पनि अस्पतालले यस किसिमको सेवा प्रदान गर्ने उद्देश्य लिई सेवा प्रदान गर्नु गौरवको विषय भएको र यस कार्यले नितिगत निर्णय गर्न सहयोग पुग्ने बताउनु भएको थियो । अस्पतालबाट टेलिमेडिसिन सेवा लिन चाहने महानुभावहरुले अस्पतालमा सम्पर्क गरेर अस्पतालको वेवसाइट www.starhospital.com.np मा गई रजिष्ट्रेशन गर्न सक्नेछन् । स्वस्थ्य उपचार परामर्शका लागि टेलिमेडिसिन सेवा नेपालमा लामो समयदेखि सुरु भएपनि अस्पतालको रेकर्ड प्रणाली इएमआर एकीकृत गरेर सेवा सुरु गर्न पाएकोमा अस्पतालले गौरव गरेको छ । सेवा लिन सुरुमा अस्पतलको टेलिफोनमा सम्पर्क गरेर अनलाईनमा रेकर्ड गरी, प्राप्त पासवर्ड र कन्फरमेसनका आधारमा वेवसाईट मार्फत आफै समय बुक गर्न र अन्य सम्बन्धीत रिर्पोट समेत हेर्न सकिन्छ । चिकित्सकीय परामर्शपछि प्रयोगशालाजन्य जाँचका लागि घरमै गएर नमुना संकलनको सेवा समेत सुरु गरिएको अस्पतालले जानएको छ । प्रयोगशालाका रिपोर्ट बिरामी आफैँले र्हेन सक्ने र सो आधारमा पछि पुनः समय लिएर चिकित्सक सँग परामर्श समेत गर्न सकिन्छ । साथै औषधी सिफारीस समेत सिधै सम्बन्धीत विभागबाट हेर्न सकिन्छ । अस्पतालले सुरु गरेको टेलिमेडिसिन सेवा जुम एपमा आधारित र अनलाइन मार्फत नै भुक्तानी गर्न सकिन्छ । यस किसिमको सेवाबाट बिरामीहरुले घरमै बसी आफ्ना समस्याहरु चिकित्सक समक्ष राखी सहज तरिकाले उपचार प्राप्त गर्न सकनेछन् । विभिन्न विधाका पूर्णकालीन चिकित्सकीय सेवा रहेको सय शैयाको यस अस्पतालले टेलिमेडिसिन सेवाबाट अहिलेको अवस्थामा उपचार सेवाबाट वञ्चित रहनुभएका थुप्रै महानुभावहरु लाभान्वित हुने विश्वास लिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
