नेभिगेशन

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेहरुको भन्दा निको हुनेहरुको संख्या ४ गुणा बढी  [कोभिड—१९ अपडेट]

जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभीड—१९) बाट संक्रमित हुनेको संख्या १,९२४,६७९ पुगेको छ । यसमध्ये ११९,६९२ जनाले ज्यान गुमाइसकेका छन् भने निको भएर घर फर्कनेहरुको संख्या ४४५,००५ पुगेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका २१० देशमा फैलिसकेको छ । हाम्रो देश नेपालमा अहिलेसम्म १४ जना कोरोना संक्रमित भएका छन् । तिमध्ये एकजना उपचार भएर घर फर्किसकेका छन् भने उपचाररत १३ जना संक्रमितमध्ये ५ जना धनगढीस्थित सेति प्रादेशिक अस्पताल, २ जना बागलुङ, ३ जना जनाको बीरगञ्जस्थित नारायण उपक्षेत्रीय अस्पताल, २ जनाको काठमाडौंको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र १ जनाको रौतहटको गौरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।
विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डओ मिटर्स डट इन्फोले हामीले यो रिपोर्ट तयार पार्दासम्म अपडेट गरेको तथ्यांकले कारोना संक्रमितमध्ये १,३०८,२१८ को अवस्था मध्यस्तरकोको छ भने ५१,७६४ को सिकिस्त अवस्थामा उपचार भइरहेको छ ।
अमेरिकामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । अमेरिकामा अहिलेसम्म कोरानो संक्रमित हुनेहरुको संख्या ५८६,९४१ पुगेको छ भने २३,६४० को मृत्यु भएको छ । यसैगरी स्पेनमा १७,७५६ को मृत्यु भएको छ । यसैगरी, इटलीमा २०४६५, फ्रान्समा १४९६७, जर्मनीमा ३१९४, युकेमा ११,३२९, चीन ३३४१, इरान ४५८५, टर्की १२९६, बेल्जियम ३,९०३, नेदरल्याण्ड्स २८२३, स्वीजरल्याण्ड ११३८ जनाको कोरोनाका कारण ज्यान गएको छ । (श्रोतः वल्र्डओ मिटर्स डट इन्फो)
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट