जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोना भाइरस (कोभिड— १९) का शंकास्पद तीन जनामध्ये २ जनामा पिसिआर परीक्षण नतिजा पोजेटिभ देखिएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ५८ वर्षका छोरा र ५६ वर्षीया बुहारीमा कोभिड—१९ को कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको पुष्टि भएको हो । ८१ वर्षीया वृद्धा आमाको भने नतिजा आउन बाँकी छ ।बेलायतबाट फर्केर काठमाडौंमा बसेका उनीहरुको र्यापिड टेस्ट पोजेटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो । अहिले अपार्टमेन्ट वरपर पूर्ण रूपमा आवतजावत ठप्प पारिएको छ । अपार्टमेर्टमा करिब ५ सय परिवार बस्दै आएका छन् । यो सँगै अब नेपालमा कोरोना सं क्रमितहरुको संख्या १६ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
