जनस्वास्थ्य सरोकार । अधिकांश अस्पतालमा बहिरङ्ग सेवाहरू (ओपिडी) बन्द गरिएको गुनासो आइरहंदा विकसित अवस्था हेरेर अब त्यसो गर्नु आवश्यक नरहेको एक सरकारी नियामक निकायका अधिकारीले बताएका छन्।
बिरामीको चाप 'एक्कासी बढ्नसक्ने'
अस्पताल सञ्चालकहरू लकडाउनकै कारण मानिसहरूको आवतजावत रोकिएकाले यस्तो बेला बहिरङ्ग सेवाको काम समेत आपत्कालिन सेवामार्फत् गरिराखिएको बताउँदै आएका छन्। तर यसअघि एनएमसी सहित पाँचवटा व्यावसायिक काउन्सिल र स्वास्थ्य मन्त्रालय सहितको एक टोलीले गरेको अनुगमनमा 'अत्यावश्यक नभएको भन्दै थुप्रै सेवाहरू बन्द गरिएका' पाइएका थिए। एनएमसीका रजिस्ट्रार अधिकारी भन्छन्: "यसरी लामो समय बहिरङ्ग सेवा रोकिँदा पछि अस्पतालहरूमा लकडाउन खुलेपछि समेत एक्कासी धेरै चाप पर्नसक्छ।"
चिकित्सकको विदाको 'चिन्ता'
थुप्रैतिर निजी अस्पतालमा चिकित्सकहरू विदामा रहेको गुनासो यतिखेर आइरहेका छन्। साना निजी अस्पताल एवं क्लिनिकहरू चिकित्सककै अभावमा बन्दप्राय: भएको गुनासो समेत अनुगमनका बेला सरकारी टोलीले गतसाता देखेको थियो । तर नेपाल चिकित्सक सङ्घ (एनएमए)का महासचिव डा बद्री रिजालले भने 'सावधानीका रूपमा पालैपालो काम गर्दा त्यसो भएको' प्रष्टिकरण दिन्छन्।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
