जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) रोकथाम तथा नियन्त्रणका लागि जारी राखेको लकडाउनको समय आगामी वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
मुलुकमा कोरोना महामारी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत २०७६ साल चैत्र ११ गतेदेखि निरन्तर शुरु गरिएको लक डाउनको समय थपिएको यो तेस्रोपटक हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको बताइएको छ ।सरकारले दोस्रोपटक ८ दिनका लागि थपेको लकडाउनको समयावधि भोलि वैशाख ३ गते सकिदैछ । मुलुकमा हालसम्म १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । मंगलबारमात्र काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
