जनस्वास्थ्य सरोकार, काठमाडौं । राजधानीमा कोरोना संक्रमण देखिएसँगै सरकारले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।
काठमाडौं उपत्यकाभित्र सरकारले लगाएको लकडाउन आदेशको अवज्ञा गर्ने २ हजार ४ सय २७ भन्दा बढी व्यक्ति आज कारबाहीमा परेका छन् ।लकडाउनको उलंघन गर्ने सबैभन्दा धेरै काठमाडौं जिल्लाका रहेका छन् । महानगरीय प्रहरी कार्यालय काठमाडौंका अनुसार, काठमाडौं जिल्लामा २ हजार १९ जना कारबाहीमा परेका छन् । यसैगरी ललितपुरबाट ३९८ जना, भक्तपुरबाट १० जनाले कारबाहीको सामना गरे ।
कारबाही स्वरुप उनीहरुलाई ३ घण्टा बाटोमानै होल्ड गरिएको छ । बिहान बेलुका तरकारी किन्न र फ्रेस हुने बहानामा सडकमा आउने प्रवृत्ति बढेपछि प्रहरीले अभियान थालेको हो ।यसैगरी प्रहरीले लकडाउनको अवज्ञा गर्ने ३२० वटा दुई पांग्रे सवारी साधन (मोटरसाइकल, स्कुटर आदि) र ५० वटा चारपांग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
