जनस्वास्थ्य सरोकार, पेप्सिकोला । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका व्यक्तिहरुलाई र्यापिड डायग्नोसिस किट (आरडीटी) विधिबाट कोरोना भाइरस परीक्षण सुरु गरिएको छ ।
यसका लागि स्वास्थ्य मन्त्रालयका १५ जनाको टोली खटिएको छ । बुधबार ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गरिनेछ । तीनवटा टेबुलबाट परीक्षण सुरु भएको कागेश्वरी मनोहरा नगरपालिका प्रमुख मनहरि थापाले जानकारी दिनुभयो ।परीक्षण गर्न बाँकी रहेकाहरुको भोली परीक्षण गरिने छ । अर्पाटमेन्टमा ५ सय परिवारका करिब १२ सय जना बस्दै आएका छन् । उक्त अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ बस्ने सबैको कोरोना परीक्षण गर्न शुरु गरिएको हो । वैशाख २ गते अपार्टमेन्टमा बस्ने एकै परिवारका ८१ वर्षीया महिला र ५८ पुरुषमा कोरोना पुष्टि भएको थियो । उनीहरुको पाटन अस्पताको आइसोलेसनमा उपचार भइरहेको छ । वैशाख १ गते आरटीडी टेस्टबाट परीक्षण गर्दा तीनजनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । पुनः परीक्षण गराउँदा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
