जनस्वास्थ्य सरोकार, बागलुङ । बागलुङ जिल्लाको धौलागिरी अञ्चल अस्पतालमा कोरोना संक्रमित भएर उपचाररत ६५ वर्षीय महिलाको तेस्रो पटकको स्वाब परीक्षणमा नतिजा निगेटिभ आएको छ ।
पोखरामा तेस्रोपटक गरिएको परीक्षणमा कोरानो संक्रमण नभएको रिपोर्ट आएको धौलागिरी अञ्चल अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभएको छ । ति महिलाको दोस्रोपटकको स्वाव परीक्षणमा पोजेटिभ रिपार्ट आएको थियो ।
‘अब पुनः शुक्रबार चौथोपटक स्वाव परीक्षणका लागि पठाइने र चौथोपटकको रिपोर्ट पनि निगेटिभ आएमा उपचारत ति महिलालाई डिस्चार्ज गरिने छ ।’—अस्पतालका प्रमुख पोखरेलले बताउनुभयो ।तर सोही अस्पतालमा कोरोना संक्रमित भएर उपचाररत १९ वर्षीया युवतीको भने चौथो पटकको स्वाव परीक्षणमा पनि नतिजा पोजेटिभ देखिएको छ । उहाँको पनि पुन स्वास्थ्य परीक्षणका लागि पठाइने प्रमुख पोखरेलले जानकारी गराउनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
