जनस्वास्थ्य सरोकार, अमेरिका । अमेरिकामा कोरोना संक्रमितहरुको संख्या ६७७,५७० पुगेको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ४ हजार ४ सय ९१ जनाको मृत्यु भएको जोन होप्किन्स विश्वविद्यालय कोरोना रिसोर्स सेन्टरको तथ्यांक उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । कोरोनाका कारण एकैदिन यति धेरै व्यक्तिको ज्यान गएको यो पहिलो घटना हो ।यो समाचार तयार पार्दासम्म अमेरिकामा ३४,६१७ को ज्यान गइसकेको छ । अमेरिकामा कोरोना निको हुनेहरुको संख्या ५७,५०५ पुगेको छ । अमेरिकापछि इटलीमा सबैभन्दा बढी २२,१७० को मृत्यु भएको छ । स्पेनमा १९,३१५ को कोरोनाका कारण ज्यान गएको छ । फ्रान्समा १७,९२० को ज्यान गएको छ । बेलायतमा १३,७२९, इरान ४,८६९, बेल्जियम ४,८५७ जर्मनी ४,०५२, चाइना ३,३४२, नेदरल्याण्ड्स ३,३१५ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म विश्वमा १४५,५२१ को ज्यान गइसकेको छ भने ५४७,२९५ निको भएर घर फर्किएका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमितहरुको संख्या २,१८२,१९७ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
