जनस्वास्थ्य सरोकार, काठमाडौं । शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १२ जना उदयपुरमा रहेका हुन् भने दुईजना चितवनका रहेका छन् । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको छ ।
उदयपुरमा कोरोना पुष्टि भएका १२ जना पुरुष हुन्। मन्त्रालयका अनुसार कोरोना पुष्टि हुने पुरुषमा २०, २२, २५, २६, ३४ र ४० वर्षीय पुरुष एक-एकजना, २९ वर्षीय दुईजना र २८ वर्षीय पुरुष चारजना रहेका छन्। कोरोना पुष्टि हुने अधिकांश भारतीय नागरिक हुन्। त्यसैगरी चितवमा २७ वर्षीय र ६३ वर्षीया दुईजनामा कोरोना देखिएको हो। उदयपुरका नयाँ संक्रमित सबैलाई विराटनगरस्थित कोरोना अस्पताल ल्याइएको छ।यसअघि नेपालमा १६ जनामा मात्र कोरोना पुष्टि भएको थियो। जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन्। अन्य १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। मन्त्रालयका अनुसार पाँच जनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइराखेको छ भने चार जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइराखेको छ। अन्य ६ जनाको भने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु, पाटन अस्पताल, लगनखेल र धौलागिरी अस्पताल, बागलुङमा दुईदुई जनाको उपचार हुँदैछ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
